
भैरहवाका विद्युत बक्यौता नतिर्ने २५१ ग्राहक कालोसूचीमा, ८२ करोड असुल गर्न बाँकी
- माघ २७, २०७८ मा प्रकाशित
भैरहवा: नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रले २५१ ग्राहकको नामावली कालोसूचीमा राखेको छ । पटकपटक ताकेता गर्दासमेत बक्यौता नतिरेको भन्दै उनीहरूलाई कालोसूचीमा राखेको हो ।
भैरहवा वितरण केन्द्रअन्तर्गत भैरहवा र लुम्बिनी क्षेत्र पर्छ । चालू वर्षमा मात्रै एक हजार नौ सय १२ ग्राहक थपिएसँगै ग्राहक संख्या बढेर ७९ हजार चार सय ४६ पुगेका छ । वितरण केन्द्रले झन्डै ८२ करोड विद्युत् बक्यौता उठाउन बाँकी छ ।
विद्युत उपभोग गर्ने तर लामो समयदेखि महसुल नबुझाएका ग्राहकसँग शुल्क उठाउन बाँकी रहेको केन्द्रले जनाएको छ । यो शुल्क जरिवानाबाहेकको हो । बक्यौता शुल्क प्राधिकरणले असुल गर्दा ५ प्रतिशत देखि २५ प्रतिशतसम्म जरिवाना लिने गरेको छ । महसुल समयमा नतिर्ने धेरैजसो उद्योगी, सरकारी तथा सार्वजनिक निकाय छन् । त्यस्तै घरायसी, सडक बत्ती, होटल, विद्यालय, संस्था, सिँचाइ र खानेपानीलगायतले पनि करोडौ महसुल तिर्न बाँकी छ ।
डेडिकेटेड ट्रंक लाइनमा जोडिएका उद्योगको मात्रै बक्यौता करिब ६६ करोड छ । डेडिकेटेट फिडरको लाइन आफूहरूले माग नगरेको भन्दै उद्योगले महसुल तिर्न मानेका छैन् । यो विषय अहिले सर्वोच्चमा पुगेर पेसी चलिरहेको छ । भैरहवाअन्तर्गत टं«क लाइनमा पर्ने उद्योग एभरेस्ट रोलिङ मिल, सोना पोलिमर्स, फेरो स्टिल, जगदम्बा सिन्थेटिक, एसआर फुड, सिद्धार्थ पेट पलास्ट र सोना प्याकेजिङ रहेको छ ।
चालू वर्षको ६ महिनामा मात्रै दुई करोड ९० लाख बक्यौता असुल गरी तीन सय ५७ ग्राहकको विद्युत पुनः जडान गरेको भैरहवा वितरण केन्द्रका लेखा प्रमुख ओमबहादुर दर्लामीले जानकारी दिए । यो अवधिमा मात्रै चार सय १० ग्राहकको विद्युत काटिएको छ, उनीहरूबाटै तीन करोड ५० लाख बक्यौता असुल गर्नुपर्ने छ । अझै ५३ जनाले लाइन काटिएको छ ।
भैरहवा वितरण केन्द्रका अनुसार पुस मसान्तसम्म ८१ करोड ८४ लाख ५९ हजार दुई सय ५२ बक्यौता रकम उठ्न बाँकी रहेको लेखा प्रमुख दर्लामीले बताए । बक्यौता ध्ये घरायसी सात करोड २८ लाख, व्यावसयिक होटल तथा स्कुलको एक करोड ७८ लाख, संस्था तथा गैरनाफामूलक संस्थाको ३५ लाख, सिनेमा हलको ९४ हजार, सडक बत्तीको एक करोड ९६ लाख, सिँचाइको एक करोड ८१ लाख बक्यौता छ ।
खानेपानी संस्थानको पाँच लाख ११ रुपैयाँ, यातायात चार्जिङ स्टेसन, बसपार्कको ३५ हजार, मन्दिरको सात लाख ७० हजार, अस्थायी बत्ती ६ लाख ६८ हजार, कार्यालयको आन्तरिक खपत १२ लाख ६० हजार, कालोसूचीमा परेका ग्राहकबाट एक करोड ७१ लाख बक्यौता असुल गर्नुपर्ने छ ।
नेपाल विद्युत प्राधिकरणले रिडिङ भएको ६० दिन पछि बिना सूचना विद्युत महसुल नबुझाएका ग्राहकहरूको लाइन जुनसुकै समयमा काट्न सक्ने प्रावधान छ । केन्द्रले बक्यौता रकम र समयको आधारमा ग्राहकहरूको लाइन काट्दै आएको छ । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments