•  ४ आश्विन २०८१, शुक्रबार
  •  8:31:03 AM

तीन दिन घर बाहिर निस्कन नसकेका हिमपातपीडितलाई राहत वितरण

- माघ २७, २०७८ मा प्रकाशित



खोटाङ: खोटाङको ऐसेलुखर्क गाउँपालिकाका हिमपात पिडित नागरिकलाई राहत प्रदान गरिएको छ । गत २० देखि २२ माघसम्म परेको बाक्लो हिमपातका कारण पीडित बनेका ४० घरपरिवारलाई गाउँपालिका र रेडक्रसले चामल र कम्बल वितरण गरेको हो ।

 ऐसेलुखर्क गाउँपालिका-१ तोरीबारी, सिब्दु बहानेका १८ घर र ऐसेलुखर्क गाउँपालिका-२ बिस्कामका २२ परिवारलाई प्रतिपरिवार १५ केजी चामल र २ वटा कम्बल वितरण गरिएको गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौलाले बताए । 

हिमपातपछि बढेको चिसोका कारण तीन दिनसम्म घर बाहिर निस्कन नसकेका परिवारलाई गाउँपालिकाले चामल र रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङले राहत उपलव्ध गराएको हो ।  हिमपातपीडित परिवारलाई गाउँपालिका अध्यक्ष निरौला र गाउँपालिका उपाध्यक्ष पुष्पकला भुजेलले घरैमा पुगेर राहत हस्तान्तरण गरेका हुन् । 

नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री, प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादव, राखाबाङ्देलका वडाध्यक्ष झनकुमार राईलगायतको उपस्थितिमा राहत वितरण गरिएको हो । खोटाङमा चार दशकपछि १५ माघ २०७५ गते, १६ फागुन, १९ पुस र १४ फागुन २०७६ मा बाक्लो हिमपात भएको थियो । -न्युज कारखाना

Comments

सम्बन्धित खवर