गोरु काटेर मासु बिक्री गर्ने तीनजना रिहा
- माघ २७, २०७८ मा प्रकाशित
खोटाङ: खोटाङमा गोरु काटेर मासु बिक्री गर्नेक्रममा पक्राउ परेका तीनजना हिरासतमुक्त भएका छन् ।
गाेरु काटेर मासु बिक्री गर्दै गरेको अवस्थामा २३ माघमा पक्राउ परेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपाका ३९ वर्षीय जयराम तामाङ, ४० वर्षीय खगेन्द्र तामाङ र ३५ वर्षीय गणेशबहादुर तामाङ बुधबार साँझ हिरासतमुक्त भएका हुन् ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद, नेपाल तामाङ घेदुङलगायतको पहलमा उनीहरू रिहा भएका हुन् । प्रहरी हिरासतमुक्त भए पनि उनीहरूमाथिको अनुसन्धान र कारबाही प्रक्रिया जारी रहने जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्माको मुढेस्थित बिखुवाखोलाको शिरमा गोरु काटेर मासु बिक्री गरिरहेको सूचनाका आधारमा तीनजनालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरू पक्राउ परेपछि जनजाति सम्वद्ध संगठन र जनजाति नेताहरूले विरोध जनाएका थिए ।
राई, तामाङ, शेर्पालगायतका जनजाति समुदायमा कुल पितृ गर्दा गोरुको मासु प्रयोग हुँदै आएको छ । तर गोरु काट्नेलाई सजाय हुने कानुनी व्यवस्था छ । यही विषयले गर्दा जनजातिस समुदाय र स्थानीय प्रशासन/प्रहरीबीचमा बेलाबेलामा द्वन्द्व सिर्जना हुने गरेको छ । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा आश्विन ३, २०८१संविधान दिवसको भाषणमा पनि बालेनविरुद्ध ओली कटाक्ष: ‘…आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला’
-
ताजा आश्विन ३, २०८१वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि
-
ताजा आश्विन ३, २०८१नौं वर्षपछि खुलेको धरहरा चढ्न सर्वसाधारणको भिड
-
ताजा आश्विन ३, २०८१राउटे समुदायका एक युवकको मृत्यु, जनसंख्या १३४ मा झर्यो
-
ताजा आश्विन ३, २०८१सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो , चाँदी पनि सस्तियो
Comments