•  ४ आश्विन २०८१, शुक्रबार
  •  8:33:20 AM

लागुऔषधसहित पाँचजना पक्राउ

- माघ २७, २०७८ मा प्रकाशित



सुर्खेत: जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषधसहित पाँच्जनालाई पक्राउ गरेको छ । वीरेन्द्र नगरपालिका-११ पिपिराचोकबाट तीनजनालाई र शान्ति टोलबाट दुईजनालाई पक्राउ गरेको हो । 

बुधबार दिउँसो उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११ बस्ने २२ वर्षीय गौरव सुनार, ४६ वर्षीय लीलाराम पुरी र २४ वर्षीय महेश सुनार छन् । उनीहरूबाट प्लाष्टिकसहित ३००(तीन सय) मिलिग्राम र प्लाष्टिकबाहेक शुद्ध २०० (दुई सय) मिलिग्राम लागुऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

त्यस्तै, सुर्खेत वीरेन्द्रनगर नगरपालिका-९ शान्ति टोलबाट कर्णाली प्रदेश लागुऔषध नियन्त्रण व्युरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतको सोही ठाउँका २५ अजयसिंह चौधरी र २५ वर्षीया राजु गाइनलाई पक्राउ गरिएको प्रहरी जनाएको छ । उनीहरूबाट प्लाष्टिकसहित ३७० मिलिग्राम र प्लाष्टिकबाहेक शुद्ध १६० मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद प्रहरीले जनाएको छ । 

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा राखी अनुसन्धान कार्य भइरहेको प्रहरी जनाएको छ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर