
भारत–चीन विवादबारे संसदमा जबाफ नदिएको राहुलको आरोपपछि मोदी ‘फायर’
- माघ २७, २०७८ मा प्रकाशित
नयाँ दिल्ली: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र चीनबीचको सीमा विवाद, बेरोजगारी समस्या जस्ता विषयमा आवश्यक स्थान र समयमा आफूले बोलेको भन्दै प्रमुख विपक्षी नेता राहुल गान्धीको आलोचना गरेका छन् ।
सीमा विवाद र बढ्दो बेरोजगार जस्ता विषयमा संसदमा प्रष्टिकरण नदिएको भन्दै राहुलले मोदी र केन्द्र सरकारको आलोचना गरिरहेका बेला प्रधानमन्त्रीको सो भनाई आएको हो । राहुलले उठाएका अधिकांश विषयमा सम्बन्धित मन्त्रीले सदनमा जबाफ दिएको समेत मोदीले बताएका छन् ।
भारतीय समाचार संस्था एएनआईसँगको एउटा अन्तवार्तामा मोदीले राहुललाई ‘नसुन्ने र संसदमा नबस्ने व्यक्ति’ भन्दै उनको कटु आलोचना गरेका छन् ।
संसदको बहसलाई आफूले स्वागत गर्नेमा जोड दिँदै आफू र आफ्नो सरकारले कसैलाई आक्रमण नगर्ने र छलफलमा विश्वास गर्ने मोदीले बताए ।
‘म कसैलाई आक्रमण गर्ने भाषा बुझ्दिन र मेरो यस्तो स्वभाव पनि छैन् । तर, तर्क र तथ्यका आधारमा केही हलचल (विवाद) ल्याउन सञ्चार माध्यमले सदनमा मेरा शब्दलाई व्याख्या गरेको हुन सक्छ,’ उनले भने ।
राष्ट्रपतिको सम्बोधनलाई संसदमा धन्यवाद दिनका लागि बोल्ने क्रममा बेरोजागार, चीनसँगको सीमा विवाद र कंग्रेस पार्टीका कार्यकर्तामाथिको आक्रमणबारे राहुलले उठाएका प्रश्नको जबाफ नदिएको प्रधानमन्त्रीमाथि आरोप लाग्दै आएको छ ।
राहुलका प्रश्नले प्रधानमन्त्री रिसाएको समेत आरोप लाग्दै आएको छ ।
सो विषयमा विस्तृत वर्णन गदैै प्रधानमन्त्रीले भने, ‘हामी कसैलाई हमला गर्दैनौं । बरु, वार्तामा विश्वास गर्छौं । संसदमा धेरै पटक बहस, अवरोधहरु भएका छन् । म यसलाई स्वागत गर्छु । तसर्थ, यी विषयमा म रिसाउनुपर्ने कुनै कारण छैन् ।’ -एजेन्सी

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments