
स्थानीय निर्वाचन हुन ‘९३औँ दिन’ : चुनावी मुडमा दलहरू
- माघ २६, २०७८ मा प्रकाशित
काठमाडौं: सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेसँगै राजनीतिक दलहरू निर्वाचनसम्बन्धी गतिविधिमा क्रियाशील भएका छन् ।
उम्मेदवारको सिफारिस माग्नेदेखि स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षणसँगै निर्वाचनमा गठबन्धन गरेर अघि बढ्नेसम्मका निर्णय दलहरूले गर्न थालेका छन् । केही दलहरू भने केन्द्रीय समिति बैठक राखेर नेताहरूलाई निर्वाचन केन्द्रित जिम्मेवारीमा खटाउने तयारीमा छन् ।
यसरी दलहरूको तीव्र तयारीले देश ‘निर्वाचनमय’ हुँदै गएको छ । मतदाताले आफ्ना प्रतिनिधिलाई मतदान गरेर निर्वाचित गर्दै स्थानीय सरकारमा पठाउन भने ९३ दिन बाँकी छ । यहीबीचमा प्रमुख विपक्षी दल एमालेले सातै प्रदेशमा स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण र अभिमुखीकरण गर्दैछ ।
आगामी फागनुको १ र २ गते प्रदेश १ को विराटनगरमा, ३ र ४ गते मधेस प्रदेशको जनकपुरमा, ६ र ७ गते बागमती प्रदेशको काठमाडौंमा, ८ र ९ गते गण्डकी प्रदेशको पोखरामा र ११ र १२ गते लुम्बिनी प्रदेशको बुटवल र दाङमा प्रशिक्षण र अभिमुखीकरण कार्यक्रम गर्ने तय भएको छ ।
१४ र १५ गते कर्णाली प्रदेशको सुर्खेत र १६ र १७ गते सुदूरपश्चिम प्रदेशको धनगढीमा कार्यक्रम गर्ने एमालेले जनाएको छ । प्रशिक्षणमा प्रदेश कमिटी इन्चार्ज, सहइन्चार्ज, प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका स्कुल विभागलगायत सहभागी हुने छन् ।
एमाले यसरी निर्वाचनको तयारीमा जुट्दा सत्तारूढ गठबन्धनको एउटा घटक एकीकृत समाजवादीले निर्वाचनमा गठबन्धनलाई कायम राख्नुपर्ने निष्कर्ष निकालेको छ । सिंगो गठबन्धन निर्वाचनमा होमिनुपर्नेमा जोड दिएको छ ।
मंगलबारको सचिवालय बैठकपछि महासचिव डा. वेदुराम भुसालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गठबन्धनको एकता कायम राख्दै गठबन्धनको शक्ति सम्पूर्ण रूपमा निर्वाचनमा केन्द्रित गर्नुपर्दछ । यस सन्दर्भमा हाम्रो पार्टी गठबन्धनमा सामेल सबै दलहरूलाई एकताबद्ध भएर निर्वाचनमा सहभागी हुन आह्वान गर्दछ ।’
एमाले अध्यक्षसमेत रहेका तत्कालीन प्रधानमन्त्री केपी ओलीले गरेको संसद् विघटनविरुद्ध उभिएका पाँच दलको गठबन्धन छ । गठबन्धनकै सरकार छ । एकताबद्ध भएर निर्वाचनमा गएको अवस्थामा मात्रै एमालेलाई गठबन्धनले पराजित गर्न सकिन्छ भन्ने बुझाइ एकीकृत समाजवादीको छ ।
कुनै बेला स्वतन्त्र मधेसको एजेन्डा बोकेका डा. चन्द्रकान्त (सिके) राउत नेतृत्वको जनमत पार्टीले त उम्मेदवारको स्वघोषणा वा सिफारिस गर्न आह्वानसमेत गरिसकेको छ ।
उम्मेदवार हुन स्वघोषणा गर्ने वा सिफारिस गर्ने अन्तिम मिति आगामी १५ फागुन भनिएको छ । डा. राउत नेतृत्वको पार्टीले हालै मधेसमा किसान आन्दोलन गरेको थियो । यो दलले मधेस प्रदेशको सत्ता नेतृत्व दल र संघीय सरकारमा पनि सहभागी रहेको जनता समाजवादी पार्टी (जसपा)लाई चुनौती दिन सक्ने कतिपयको विश्लेषण छ ।
यस्तै, सहमहामन्त्री भीष्मराज आङदेम्बेका अनुसार बुधबार दिउँसो ३ बजे स्थानीय तह निर्वाचनलगायत एजेन्डामा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै छ । बैठक मंगलबार पनि बसेको थियो । बिहीबार भने कांग्रेसले कार्यसम्पादन समिति बैठक बोलाएको छ ।
माओवादी केन्द्रले पनि २८ र २९ माघमा स्थानीय तह निर्वाचन केन्द्रित जिम्मेवारी नेताहरूलाई दिने गरी केन्द्रीय समिति बैठक बोलाएको छ । स्थानीय निर्वाचन आगामी ३० वैशाखमा हुने भएको छ । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments