स्थानीय निर्वाचनको मिति घोषणा सकारात्मक : लोसपा नेपाल
- माघ २६, २०७८ मा प्रकाशित
काठमाडौं: लोकतान्त्रिक समाजवादी पार्टी नेपालले सरकारले स्थानीय तहको निर्वाचन हुने घोषणा गरेकोलाई सकारात्मक रुपमा लिएको जनाएको छ । लोसपाका अध्यक्ष जितेन्द्र सोनलले बुधबार विज्ञप्ति जारी गर्दै आवधिक निर्वाचनबाट मात्रै संसदीय प्रणाली, बहुदलीय व्यवस्था, लोकतान्त्रिक मुल्य मान्यता एवं विधिको शासनलाई सृदृढ एवं संस्थागत गर्ने हुँदा सकारात्मक रुपमा लिएको जनाएको छ ।
यस्तै, जारी विज्ञप्तिमा स्थानीय तहको निर्वाचन २ असोज ०७४ लाई दृष्टिगत गरी निर्वाचित पदाधिकारीको पाँच वर्षको पदावधीको अधिकारबाट वन्चित नगर्न पनि जोड दिएको छ । यदि यस्तो भएमा संविधानको मर्म र भावनाविपरीत हुने हुँदा यस सन्दर्भमा नेपाल सरकार, निर्वाचन आयोग, सम्वन्धित पक्ष एवं अन्य सरोकारवाला समेतको ध्यान आकृष्ट गराएको छ । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा कार्तिक २३, २०८१चितवनको सत्रकिलोमा हाइस र बस ठोकिँदा ४ जनाको मृत्यु
-
ताजा कार्तिक २३, २०८१‘कबड्डी ४’ लाई उछिन्दै विराजको ‘१२ गाउँ’ ले बनायो बक्सअफिसमा नयाँ रेकर्ड
-
ताजा कार्तिक २३, २०८१विजय बरालको फिल्म ‘पूर्ण बहादुरको सारंगी’ले सातामै कमायो सवा ८ करोड
-
ताजा कार्तिक २३, २०८१त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द
-
ताजा कार्तिक २३, २०८१खाेटाङमा मृग भनेर हानेको गोली आफ्नै साथीलाई लागेपछि …
Comments