ट्रक चालकहरुको प्रदर्शनले ओटावाको जनजीवन अस्तव्यस्त
- माघ २६, २०७८ मा प्रकाशित
ओटावा: क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले ट्रक चालकहरुको प्रदर्शनले राजधानी ओटावाको जनजीवन कस्टकर भएको बताउँदै प्रदर्शन बन्द गर्न आह्वान गरेका छन् ।
केही प्रदर्शनकारीको व्यवहारले क्यानडेली जनता ‘दुःखित र प्रष्ट रुपमा अपमानित भएको’ बताएका छन् । प्रदर्शनकारी तोडफोड र जातीय दुर्व्यवहारमा उत्रिएको विवरण सार्वजनिक भइरहेका बेला प्रधानमन्त्रीको आह्वान आएको हो ।
सरकारले ल्याएको कोभिड खोप प्रावधानको विरोधमा ट्रक चालकहरुले विरोध गर्दै आएका छन् । चालकहरुले ट्रक तेर्साउदा ओटावाको जनजीवन अस्तव्यस्त बनेको छ भने राजधानीमा आपतकाल घोषणा गरिएको छ ।
करिब दुई सातादेखि सडकमा जथाभावी राखिएका ट्रकहरुका कारण जनजीवन अस्तव्यबस्त हुनुका साथै स्थानीय व्यापार ठप्प छ । चालकहरुले निरन्तर हर्न बजाउदा स्थानीय मानिस क्रुद्ध बनेका छन् ।
यसैबीच ओटावाका न्यायाधीशले एउटा फैसला गर्दै चालकहरुले कम्तिमा १० दिन राजधानीमा हर्न बजाउन नपाउने निर्णय गरेका छन् । ट्रक चालकहरुको आन्दोलनमा अतिवादीको घूसपैठ हुन सक्नेतर्फ ओटावा प्रहरी सचेत बनेको छ । प्रदर्शनकारीले जातीय दुव्र्यवहार र समलिंगीप्रति अपमान गर्नुका साथै नेसनल वार मेमोरियलको एक अज्ञात सिपाहीको चिहानमा नाचेको प्रहरीले जनाएको छ ।
प्रहरीले सम्पत्तिमा क्षतिसहित ६० ओटा भन्दाबढी घटनाहरुका बारेमा अनुसन्धान गरिरहेको छ । -एजेन्सी
सम्बन्धित खवर
-
ताजा आश्विन २, २०८१प्रचण्डको दावी : देशका लागि केही गर्ने त माओवादी नै रहेछ भन्ने जनताले बुझ्न थालेका छन्
-
ताजा आश्विन २, २०८१रास्वपाले आज महाधिवेशनको मिति र ठाउँको टुङ्गो लगाउने
-
ताजा आश्विन २, २०८१इटहरी २१ करोडको लागतमा आधुनिक सभा हल निर्माण सुरु
-
ताजा आश्विन २, २०८१पश्चगामी सोंचसहित आएका संविधान संशोधनका तर्क स्वीकार्य छैन : राष्ट्रिय सभा अध्यक्ष
-
ताजा आश्विन २, २०८१रहेनन् ‘मिस्टर काठमाडौं’ विजेता राई, पाँच दिनअघि मात्र जितेका थिए उपाधि
Comments