रसियाले युक्रेन संकट थप तीव्र नपार्नेमा ढुक्क छुः फ्रान्सेली राष्ट्रपति
- माघ २६, २०७८ मा प्रकाशित
किभ: फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोले रसियाले युक्रेन संकटलाई थप तीव्र नपार्ने विश्वास गरेका छन् । आफूसँगको भेटवार्तापछि रसियाका राष्ट्रपति पुटिनले युक्रेनमा तनाब नचर्काउने बताएको भन्दै राष्ट्रपति म्याक्रोले त्यस्तो विश्वास व्यक्त गरेका हुन ।
संकट न्युन गर्न फ्रान्सका राष्ट्रपति र पुटिनबीच कुनै सम्झौता नभएको क्रेमलिनले बताइरहेका बेला युक्रेनको राजधानी किभ भ्रमणका क्रमममा म्याक्रोको सो भनाई आएको हो ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘अहिल्यकै अवस्थामा मस्को र पेरिसवीच सम्झौता हुन सक्दैन ।’ रसिया अतिक्रमणको त्रासबीच म्याक्रोले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीलाई पनि भेट गरेका थिए ।
युक्रेनसँगको सीमामा मस्कोले दशौं हजार सुरक्षाकर्मी जम्मा गरेकोे छ । तर, युक्रेन आक्रमणको कुनै योजना नभएको मस्कोले बताउँदै आएको छ ।
संकट न्यून गर्न केही कदमहरु चाल्न सकिने आफ्नो विश्वास रहेको भन्दै म्याक्रोले सम्बन्धित पक्षलाई शान्त रहन आह्वान गरेका छन् ।
सन् २०१४ मा सम्पन्न मिन्स्क सम्झौताप्रति पुटिन र जेलेन्स्किी प्रतिबद्ध भएको आफूलले पाएको म्याक्रोले बताएका छन् । युक्रेन संकट अन्त्य गर्ने पहलस्वरुप फ्रान्स्ेली राष्ट्रपति म्याक्रोले सोमबार मस्कोमा पुटिनसँग भेटवार्ता गरेका थिए । -एजेन्सी
सम्बन्धित खवर
-
ताजा आश्विन २, २०८१प्रचण्डको दावी : देशका लागि केही गर्ने त माओवादी नै रहेछ भन्ने जनताले बुझ्न थालेका छन्
-
ताजा आश्विन २, २०८१रास्वपाले आज महाधिवेशनको मिति र ठाउँको टुङ्गो लगाउने
-
ताजा आश्विन २, २०८१इटहरी २१ करोडको लागतमा आधुनिक सभा हल निर्माण सुरु
-
ताजा आश्विन २, २०८१पश्चगामी सोंचसहित आएका संविधान संशोधनका तर्क स्वीकार्य छैन : राष्ट्रिय सभा अध्यक्ष
-
ताजा आश्विन २, २०८१रहेनन् ‘मिस्टर काठमाडौं’ विजेता राई, पाँच दिनअघि मात्र जितेका थिए उपाधि
Comments