
अमेरिका र ताइवानले गरे १० करोड डलरको मिसाइल सम्झौता
- माघ २५, २०७८ मा प्रकाशित
काठमाडौं: अमेरिका र ताइवानबीच करिब १० करोड डलरबराबरको मिसाइल सम्झौतालाई राष्ट्रपति जो बाइडेन प्रशासनले स्वीकृति दिएको छ । यो मिसाइल सम्झौताका मुख्य उद्देश्य चीनको बढ्दो प्रभावलाई दृष्टिगत गर्दै ताइवानको मिसाइल रक्षा प्रणाली मजबुत पार्नु रहेको छ ।
अमेरिकी विदेश मन्त्रालयले सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै मिसाइल सम्झौतालाई स्वीकृति दिइएको जानकारी दिएको हो । चीनको बेइजिङमा यतिखेर शीतकालीन ओलम्पिक खेल आयोजना गरिँदै छ । र, यही कारण त्यहाँ राष्ट्रवादी भावना चरम विन्दुमा पुगेको बताइन्छ ।
कतिपय रक्षा विश्लेषकहरूका अनुसार, चीनले ओलम्पिक समापनलगत्तै ताइवानमाथि आफ्नो कडा व्यवहार देखाउने छ । चीनले ताइवान आफ्नो हिस्सा रहेको बताउँदै आएको छ । उसले ताइवानलाई आफ्नो अधिकार क्षेत्रभित्र पार्ने सम्भावनालाई कसैले नकार्न सक्दैन । हालै थुप्रैपटक चिनियाँ लडाकु विमानले ताइवानको हवाई क्षेत्रमा अनधिकृत उडान भरेको छ ।
यही कारण पनि ताइवानले अमेरिकासँग मिसाइल सहयोग मागेको थियो । दुई देशबीचको नयाँ सम्झौताले ताइवानको मौजुदा वायु रक्षा मिसाइल प्रणाली उन्नत बन्ने अपेक्षा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकी सरकारले उक्त सम्झौता स्वीकृत गरेकोमा ताइवानको रक्षा मन्त्रालयले धन्यवाद भनेको छ । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments