
अर्घाखाँचीका राजनीतिक दलको निष्कर्ष : सरकार जनपक्षीय बन्नुपर्छ
- माघ २५, २०७८ मा प्रकाशित
अर्घाखाँची: अर्घाखाँचीमा क्रियाशील राजनीतिक दलहरूले सरकारले जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिएका छन् ।
विप्लव नेतृत्वकाे नेकपा निकटका जनवर्गीय संगठनहरूले सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको बृहत् अन्तरक्रियामा सहभागी राजनीतिक दलका नेताहरूले सरकार ठिक ढंगले चल्न नसकेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव कृष्णप्रसाद खनालले आयल निगममा नीतिगत भ्रष्टाचार भएकाले छानबिन गर्नुपर्ने बताइरहँदा अन्य दलका नेताहरूले भने सरकारको आलोचना गरेका छन् ।
अर्घाखाँची चेम्वर अफ कमर्स, अर्घाखाँची उद्योग वाणिज्य संघका प्रतिनिधिसहित जिल्लामा रहेका सबै दलको सहभागितामा गरिएको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव कृष्णप्रसाद खनाल, नेकपा एमालेका जिल्ला उपसचिव शम्भुप्रसाद पोख्रेल, नेकपा माओवादी केन्द्रका नेता देवबहादुर खड्का, नेकपा एसका अध्यक्ष रामबहादुर चौहान, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी खेम घर्ती, जनता समाजवादीका नेता पुष्कर आचार्य, जनमोर्चा नेता भीमलाल पौडेलसहितका नेताहरुले सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताएका हुन् ।
अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य नवीन खड्काको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रमको जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य तथा प्रदेश सचिव अनिल नेपालीले सहजीकरण गरेका थिए । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments