
मिडियामा प्रतिवेदन सार्वजनिक भएकोमा एनआरएनएको आपत्ति
- माघ २५, २०७८ मा प्रकाशित
काठमाडौं: गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आफ्नो एक प्रतिवेदन छलफल गर्नुपूर्व नै मिडियामा सार्वजनिक भएकोमा आपत्ति जनाएको छ ।
एनआरएनएले अन्तर्राष्ट्रिय समन्वय परिषद्को १०औं अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिका सम्बन्धमा देखा परेका असन्तुष्टि र उठेका सवालमाथि छानबिनसहित सत्य तथ्य पत्ता लगाउन एक उच्चस्तरीय समिति गठन गरेको थियो ।
सोही समिति मातहतको तीन सदस्यीय स्वतन्त्र उपसमितिले समस्या समाधानका लागि सुझाव सहितको प्रतिवेदन यही फेब्रुअरी ४ मा उच्चस्तरीय समितिमा पठाएको थियो ।
प्रतिवेदनमाथि उच्चस्तरीय समितिमा छलफल हुनुपूर्व नै मिडियामा आएपछि एनआरएनएले आपत्ति जनाएको हो ।
‘यति संवदेनशील विषय छलफल पूर्व नै बाहिरिएको र त्यसमाथि अनावश्यक टीकाटिप्पणी भइरहेको प्रति यस उच्चस्तरीय समितिको गम्भीर ध्यानाकर्षण भएको छ,’ एनआरएनएद्वारा मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्ता किसिमका प्रवृत्तिले संघको गोपनीयता र विश्वसनियतामाथि नै गम्भीर प्रश्न उठ्नुका साथै उच्चस्तरीय समितिको कार्यसम्पादनमा समेत प्रतिकुल असर परेको छ ।’
एनआरएनएले अब संघको गोपनियता भंग हुने गरी कुनै पनि किसिमका गतिविधि नगर्न÷नगराउन सबैलाई आग्रह गरेको छ । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments