
क्यानडापछि खोपको विरोधमा न्युजिल्यान्डमा पनि ट्रक चालकहरुको प्रदर्शन
- माघ २५, २०७८ मा प्रकाशित
वेलिङटन: सरकारले ल्याएको कोभिड प्रतिबन्ध र खोपको विरोधमा ट्रकसहित विभिन्न स्थानबाट आएका ट्रक चालकहरु र अभियानकर्ताहरुले मंगलबार राजधानी वेलिङटनको संसद घेरा हालेका छन् । क्यानडामा ट्रक चालकहरुले एक सातादेखि यस्तै प्रदर्शन गर्दै आएका छन् ।
‘हाम्रो स्वतन्त्रता फिर्ता देऊ’, ‘बाध्यता सहमति होइन,’ लेखेका पोस्टर बोकेर सयौं ट्रकहरुलाई सडकमा जथाभावी रोकाएर चालकहरुले संसद भवन घेरा हालेका छन् ।
निरन्तर हर्न बजाएर चालकहरु सहरका केन्द्र प्रवेश गरेका थिए । हजारभन्दा बढी प्रदर्शनकारी पैदलै हिडेर सरकारविरुद्ध नारा लगाएका छन् । आफ्ना अधिकार थिचोमिचो भएको विषयमा प्रदर्शनकारीले चासो देखाएको वेलिङटनका स्टु मेनले बताए ।
‘मैले वास्तवमा खोप लगाएको छु । तर, सबै मानिसहरुले अनिवार्य खोप लगाउनुपर्ने सरकारी प्रावधानको विरोध गर्छु,’ उनले भने ।
‘इच्छा नभएका व्यक्तिलाई जबरजस्ती खोप लगाउन खोज्नु अपमानजनक हो,’ उनले भने ।
प्रदर्शन शान्तपूर्ण रहेको र कोही पनि पक्राउ नपरेको प्राप्त विवरणहरुमा जनाइएको छ । अधिकांशले सरकारको खोप कार्यक्रमलाई सहयोग गरेकोले ट्रक चालकहरुको समूहसँग वार्ता नगर्ने प्रधानमन्त्री ज्यासिन्डा आर्डेनले बताएकी छिन् । -एजेन्सी

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments