विप्लव नेतृत्वको नेकपा जुम्ला जिल्ला कमिटी माओवादीमा
- माघ २५, २०७८ मा प्रकाशित
काठमाडौं: स्थानीय तह निर्वाचनको मिति सार्वजनिक भएको भोलिपल्टै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कम्युनिस्ट पार्टीको जुम्ला कमिटी माओवादी केन्द्रमा समाहित भएको छ ।
जिल्ला इञ्चार्ज चन्द्रवीर तिरुवा ‘रवीकिरण’ नेतृत्वको पार्टी कमिटीलाई मंगलबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीमा प्रवेश गराए ।
१० बर्से जनआन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धिहरूको रक्षा गर्न क्रान्तिमा होमिएका सबै दल एक ठाउँमा हुनुको विकल्प नभएको प्रचण्डले बताएका छन् ।
‘माओवादीलाई देशभित्र र देशबाहिरका प्रतिक्रियावादीहरू कसरी घेरा हालेर सखाप पार्न सकिन्छ भनेर लागिरहका छन् । हामी यति ठूलो परिवर्तनका बहाकहरू विघटन वा विभाजनतिर जाँदा प्रतिक्रियावादीलाई धेरै ठूलो फाइदा हुन्छ र जनतालाई धेरै ठूलो घाटा हुन्छ’, अध्यक्ष प्रचण्डले थपे, ‘जनतासँग जोडिएर माओवादी आन्दोलनलाई केन्द्रित गरेर हामी विजयी हुन्छौं ।’
पार्टीको जिल्ला कमिटी नै माओवादीमा विलय गराएका नेताहरूको जिम्मेवारी भने तोकिन बाँकी छ । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा मंसिर ६, २०८१मेडिसिटी अस्पतालको चरम लापरवाही : बिरामीको ज्यान पनि गयो, मृगौला पनि ‘गायब’
-
ताजा मंसिर ६, २०८१उदयपुरको त्रियुगामा मोटरसाइकल दुर्घटना , बाबुको मृत्यु, दुई छोरा घाइते
-
ताजा मंसिर ६, २०८१पर्सामा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको झगडाले रोकियो कर्मचारी–जनप्रतिनिधिको तलव–भत्ता
-
ताजा मंसिर ६, २०८१चार दिन देखि बढेकाे बढ्यै सुनकाे भाउ : आज तोलाको कतिमा हुदैछ काराेवार ?
-
ताजा मंसिर ५, २०८१दुर्गा प्रसाईंलाई आज अदालत लगिँदै , मानहानीकाे मुद्धा चलाउने तयारी
Comments