
दलहरू जुटे निर्वाचनमा
- माघ २५, २०७८ मा प्रकाशित
काठमाडौं: सरकारले मिति घोषणा गरेपछि राजनीतिक दलहरू स्थानीय तह निर्वाचन केन्द्रित तयारीमा जुट्न थालेका छन् । प्रदेश र संघको निर्वाचनलाई प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले पनि स्थानीय निर्वाचनमा पहिलो हुने गरिको रणनीति बनाउँदै दलहरू तयारीमा जुट्न लागेका हुन् ।
सत्ता नेतृत्व दल कांग्रेसले आगामी २७ माघमा बोलाएको कार्यसम्पादन समिति बैठकमा निर्वाचनको तयारीबारे छलफल गर्ने भएको छ । महामन्त्री विश्वप्रकाश शर्माका अनुसार बैठकपछि कांग्रेस निर्वाचनको तयारीमा जुट्ने छ । २०७४ मा भएको स्थानीय तह निर्वाचनमा कांग्रेस दोस्रो दल भएको थियो ।
सत्तामै रहेको अर्को दल माओवादी केन्द्रले पनि २८ र २९ माघमा बोलाएको बैठकबाट केन्द्र्रीय सदस्यहरूलाई जिम्मेवारी दिएर निर्वाचन केन्द्रित तयारीमा खटाउने भएको छ ।
नेता गणेश साहले निर्वाचन तयारी बैठकको एजेन्डा रहेको बताए । ‘सरकारले मिति घोषणा गरेको सन्दर्भमा बस्न लागेको केन्द्रीय समिति बैठकमा हामीले छलफल गर्ने भनेकै स्थानीय तह निर्वाचनको तयारीबारे हो । केन्द्रीय सदस्यहरूलाई निर्वाचनमा जिम्मेवारी दिएर खटाउनेसम्म हुन्छ’, नेता साहले न्युज कारखानासँग भने ।
प्रमुख विपक्षी दल एमालेका उपाध्यक्ष सुवास नेम्बाङ त जिल्ला अधिवेशन र महाधिवेशनकै बेलादेखि अनौपचारिक ढंगले स्थानीय तह निर्वाचनको तयारी गरेको बताउँछन् । २०७४ मा जसरी पहिलो दल हुने गरी एमाले तयारीमा जुटेको बताए ।
एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी पनि निर्वाचनको तयारीमा जुट्दै छन् ।
राप्रपा भने महामन्त्री भुवन पाठकको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरेर यसअघि नै निर्वाचनमा होमिएको छ ।
सरकारले सोमबार ३० वैशाख २०७९ का लागि स्थानीय निर्वाचनको मिति घोषणा गरेको हो । मिति घोषणा गर्न सरकारलाई निर्वाचन आयोग, विपक्षी दलहरू र कानुन व्यवसायीहरूले पनि दबाब दिएका थिए । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments