
प्रतितपत्रको मार्जिनमा पुनर्विचार गर्न राष्ट्र बैंकसँग व्यवसायीको माग
- माघ २५, २०७८ मा प्रकाशित
भैरहवा: उद्योग व्यापार संगठन रुपन्देहीले नेपाल राष्ट्र बैंकलाई विलासिताका सामान आयातका लागि प्रतितपत्र खोल्दा मार्जिनमा पुनर्विचार गर्न माग गरेको छ ।
भारतबाट सामान आयात गर्दा अनिवार्य प्रतितपत्र (एलसी) खोल्नुपर्ने व्यवस्थाले मध्यम वर्गका व्यवसायी मारमा परेको गुनासो गर्दै संगठनले सिद्धार्थनगर प्रादेशिक कार्यालयलाई ज्ञापन पत्र बुझाएको हो ।
राष्ट्र बैंकले २० वटा विलासिताका बस्तु आयात गर्दा अनिवार्य एलसी खोल्नुपर्ने हुन्छ । जसमध्ये २ वटा शीर्षकमा ५० प्रतिशत र अन्य वस्तुमा १०० प्रतिशत मार्जिन अग्रिम भुक्तानी बैंकमा राख्नुपर्ने व्यवस्था गरेको छ, यही प्रावधानले व्यवसायी मारमा परेको भन्दै व्यवसायीको साझा संस्था प्रस्तावित सिद्धार्थ चेम्बर अफ कमर्शले सहज बनाउन माग गरेको छ ।
संगठनले निर्णयको पुनर्विचार वा समयसीमा निर्धारण गरिदिन माग गरेको हो, संगठनले नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक रञ्जना पौडेलमार्फत राष्ट्र बैंक केन्द्रीय कार्यालय विदेशी विनिमय व्यवस्थापनलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गर्याे ।
१०० प्रतिशत मार्जिन राख्दा बैंकमा धितो राखी वा अन्य सरसापटी गरी ब्याज भुक्तानी गर्न बैंकमा जम्मा गर्न समस्या रहेको संगठनका अध्यक्ष अनिलकुमार ज्ञवालीले बताए ।
राष्ट्र बैंक केन्द्रीय कार्यालय विदेशी विनियम व्यवस्थापन विभागको एकीकृत परिपत्र २०७६ मा संशोधन गरी २०७८ पुस ५ गते राष्ट्र बैंकको परिपत्रको आधारमा २० वटा शिषर्कमा उल्लेखित सामग्री आयात गर्दा अनिवार्य एलसी खोल्नुपर्ने व्यवस्थाले व्यवसायी मारमा परेको ज्ञवालीले बताए ।
ज्ञापनपत्र बुझ्दै निर्देशक पौडेलले संगठनले बुझाएको ज्ञापनपत्र राष्ट्र बैंक केन्द्रीय कार्यालय विदेशी विनिमय व्यवस्थापनमा पठाउने बताइन् ।
ज्ञापनपत्र बुझाउन संगठनका अध्यक्ष ज्ञवालीसहित वरिष्ठ उपाध्यक्ष दर्पण श्रेष्ठ, महासचिव सचिन रोक्का, कोषाध्यक्ष राममिलन यादव, सचिव एवं प्रवक्ता लक्ष्मण भण्डारी लगायत राष्ट्र बैंक सिद्धार्थनगर कार्यालय पुगेका थिए ।
बैंकले देशमा विदेशी मुद्राको संचिति घटेकोले पुसमा यो प्रावधान ल्याएको हो, विलासिताका केही बस्तु जुन देशका लागि अतिआवश्यक होइन, स्वदेशमा पनि हुन् सक्छ विकल्प भनेर यो व्यवस्था लागू गरेको हो । व्यवस्था लागू भएदेखि भन्सारबाट ६० प्रतिशत आयात घटेको छ । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments