एलन मस्कको हवाई ट्र्याक गर्ने युवा भन्छन्–भाडामा होइन, वास्तविक टेस्ला पाए अकाउन्ट डिलिट गर्छु
- माघ २५, २०७८ मा प्रकाशित
न्युयोर्क: एलन मस्कको निजी जेटको ट्र्याक गर्ने एक युवाको ट्विटर एकाउन्ट पछिल्लो समयमा चर्चामा छ । अकाउन्ट डिलिट गर्न टेस्ला मालिक मस्कदेखि टेस्ला कार भाडामा दिने एउटा कम्पनीका मालिकले ज्याक स्वीइनी नाम गरेका ती युवकलाई विभिन्न ‘अफर’ गरेका छन् । तर, ती सबै प्रस्ताव अस्वीकार गर्दै आएका छन् ।
एटएलनजेट नामको अकाउन्ट डिलिट गर्न मस्कले यसअघि स्वीइनीलाई ५ हजार डलर दिने प्रस्ताव गरेका थिए । तर, उनले सो रकम अस्वीकार गर्दै बरु काम दिनुपर्ने माग गरेका थिए ।
ट्विट डिलिट गर्न कार भाडामा दिने कम्पनी अटोनोमीका सीइओ स्कट पेन्टरले ट्विट मार्फत स्वीइनीलाई तीन वर्षसम्म टेस्ला मोडल ३ को गाडी चलाउन सब्सक्रिप्सन दिने प्रस्ताव गरेका थिए । तर, सो प्रस्ताव पनि ती युवाले अस्वीकार गरेका छन् ।
आफूलाई सब्सक्रिप्सनमा रुची नभएको र अस्थायी मोडल कार भन्दा आफ्नै कार चाहिएको भन्दै अकाउन्ट डिलिट नगर्ने प्रतिबद्धता दोहोराएका हुन् ।
‘मलाई आफ्नै कार चाहिएको छ । तीन वर्षपछि फिर्ता गर्ने गाडी चाहिएको छैन । वास्तविक टेस्ला पाए भने अकाउन्ट डिलिट गर्छु’, वाल स्ट्रिट जर्नलसँग उनले भने । -एजेन्सी
सम्बन्धित खवर
-
ताजा आश्विन २, २०८१प्रचण्डको दावी : देशका लागि केही गर्ने त माओवादी नै रहेछ भन्ने जनताले बुझ्न थालेका छन्
-
ताजा आश्विन २, २०८१रास्वपाले आज महाधिवेशनको मिति र ठाउँको टुङ्गो लगाउने
-
ताजा आश्विन २, २०८१इटहरी २१ करोडको लागतमा आधुनिक सभा हल निर्माण सुरु
-
ताजा आश्विन २, २०८१पश्चगामी सोंचसहित आएका संविधान संशोधनका तर्क स्वीकार्य छैन : राष्ट्रिय सभा अध्यक्ष
-
ताजा आश्विन २, २०८१रहेनन् ‘मिस्टर काठमाडौं’ विजेता राई, पाँच दिनअघि मात्र जितेका थिए उपाधि
Comments