स्थानीय निर्वाचनको मिति तोक्न माग गर्दै युवा संघको प्रदर्शन
- माघ २४, २०७८ मा प्रकाशित
इटहरीः नेकपा एमालेनिकट युवा संगठन युवा संघ नेपालको प्रदेश कमिटिले आफ्ना मागहरुप्रति सरकारको ध्यानाकर्षण गराउन संघीय राजधानी काठमाडौँस्थित प्रमुख प्रशासनिक भवन सिंहदरबारअगाडि प्रदर्शन गरेको छ ।
स्थानीय तहको निर्वाचन तत्काल घोषणा गर्नुपर्ने, मूल्यवृद्धि फिर्ता गर्नुपर्ने, कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका नेपाली भूभाग फिर्ता ल्याउनुपर्नेजस्ता माग राखी कालो झन्डा र कालो बेलुनसहित प्रदर्शन गरिएको युवा संघले जनाएको छ । प्रदर्शनस्थलबाट प्रहरीले अजित लामा, जयराम लामा र गणेश थापालाई पक्राउ गरेको छ ।
शान्तिपूर्ण प्रदर्शन गर्न पाउने लोकतान्त्रिक अधिकार प्रयोग गर्दै प्रदर्शनमा उत्रिएका आफ्ना कार्यकर्ताहरुलाई सरकारको निर्देशनमा प्रहरीले बिनाकारण पक्राउ गरेको भन्दै आफ्ना कार्यकर्ताहरुलाई तत्काल रिहा गर्न पनि संघले माग गरेको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ६, २०८१मेडिसिटी अस्पतालको चरम लापरवाही : बिरामीको ज्यान पनि गयो, मृगौला पनि ‘गायब’
-
ताजा मंसिर ६, २०८१उदयपुरको त्रियुगामा मोटरसाइकल दुर्घटना , बाबुको मृत्यु, दुई छोरा घाइते
-
ताजा मंसिर ६, २०८१पर्सामा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको झगडाले रोकियो कर्मचारी–जनप्रतिनिधिको तलव–भत्ता
-
ताजा मंसिर ६, २०८१चार दिन देखि बढेकाे बढ्यै सुनकाे भाउ : आज तोलाको कतिमा हुदैछ काराेवार ?
-
ताजा मंसिर ५, २०८१दुर्गा प्रसाईंलाई आज अदालत लगिँदै , मानहानीकाे मुद्धा चलाउने तयारी
Comments