
हिउँले वनपाखा सेताम्यै, पर्यटकहरूको चापसँगै होटलहरू भरिभराउ
- माघ २४, २०७८ मा प्रकाशित
तेह्रथुम: पूर्वी नेपालको तेह्रथुम,संखुवासभा र ताप्लेजुङ जिल्लाको सीमावर्ती क्षेत्र तिनजुरे मिल्के जलजले (टिएमजे)मा कोही सेल्फी लिँदै त कोही हिउँमा रमाइरहेकाे पाइन्छ । पर्दै गरेको हिउँमा सयौ पर्यटकहरू खेल्ने गरेका छन् ।
गुराँसको राजधानीको रूपमा परिचित टिएमजेका वनपाखा सेताम्यै भएर चाँदीझैं देखिएका छन् । पर्यटकहरूको आगमनले पर्यटन व्यावसायसमेत फस्टाएको छ । पूर्वी तराई तथा भारतको विभिन्न क्षेत्रबाट हिउँ खेल्नकै लागि सयाैं आउने गरेका छन् ।
विशेष गरी यसक्षेत्रमा गुराँस फुल्ने सिजन र हिउँ पर्ने सिजनमा पर्यटकहरूको चाप बढ्ने गरेको छ । विगतका वर्षभन्दा यस वर्ष अत्यधिक हिउँ परेका कारण यहाँको पर्यटन व्यावसाय फस्टाएको छ । कोरोनाका कारण अस्तव्यस्त बनेको पर्यटन व्यावसाय हिउँ पर्न थालेसँगै फस्टाएको पर्यटन व्यावसायीहरूले बताउने गरेका छन्।
जमेको हिउँमा रमाइरहे पनि पर्दै हिउँमा रमाएको पाएको पहिलोपटक भएको तिमी कस्को? चलचित्र सुटिङका लागि तिनजुरे पुगेका कलाकार अर्जुन थापाले बताए । उनी भन्छन्- ‘हिउँमा रमाउनु छुट्टै कुरा छ । तर,पर्दै गरेको हिउँमा रमाउनु पाउनु जो कोहीको भाग्यमा हुँदैन । जो मैले अनुभूति गर्न पाएँ ।’
पर्यटकहरूको चापसँगै होटलहरू भरिभराउ बनेका छन् । पर्यटकहरूको बाक्लो आगमनले होटल व्यावसायी उत्साहित बनेका छन् । कोरोनाले सुस्ताएको पर्यटन व्यवसाय हिउँ परेपछि फस्टाएको टुटे देउरालीका होटल व्यावसायी श्री कार्कीले बताए । उनी भन्छन्- ‘हिउँ परेसँगै हाम्रो व्यावसाय फस्टाएको छ । यहँका आएका पर्यटकहरूलाई धान्न मुस्किल बन्दै आएको छ ।’
हिउँ परेको सुन्नेवित्तिकै पुर्बी तराईबाट पर्यटकहरू साना तथा ठूला सवारी साधन रिजर्भ गरेर आउने गरेका छन्। हिउँ परेसँगै जाडोले यहाँको जनजीवन भने कष्टकर बनेको छ । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments