•  ३ आश्विन २०८१, बिहीबार
  •  3:44:10 AM

ट्रकमा कार ठाेक्कियाे, तीन जनाको मृत्यु

- माघ २४, २०७८ मा प्रकाशित



बुटवल: रुपन्देहीको बुटवल उपमहानगरपालिका-१२ स्थित तामनगरमा राेकिराखेकाे ट्रकमा कार ठाेक्किँदा तीन जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । 

कोरियन कलेज अगाडि रोकिरहेको ना २ ख ९७७२ नम्बरको ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार ठोक्किएको इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए । 

उनका अनुसार एक जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हाे ।

घाइतेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । मृतक र घाइतेको पहिचान हुन बाँकी छ। -न्युज कारखाना

Comments

सम्बन्धित खवर