•  ३ आश्विन २०८१, बिहीबार
  •  10:30:05 PM

क्यानडामा ट्रक चालकहरुको प्रदर्शनः ओटावामा आपतकाल घोषणा

- माघ २४, २०७८ मा प्रकाशित



ओटावा: कोभिड खोपविरुद्ध सरकारले ल्याएको प्रावधानको विरोधमा विगत एक सातादेखि प्रदर्शनमा उत्रिएका ट्रक चालकहरुको आन्दोलन अराजक बन्दै गएपछि राजधानी ओटावामा आपतकाल घोषणा गरिएको छ । सहर ‘पूर्ण रुपमा नियन्त्रणबाहिर’ गएको भन्दै ओटावाका मेयर जीम वाटसनले आपतकाल घोषणा गरेका हुन् । 

प्रदर्शनकारीहरूले ‘असंवेदनशील व्यवहार’ गरेको मेयर वाटसनले बताए । प्रदर्शनकारीले बारम्बारसाइरन बजाएको र पटाका पड्काएको उनको भनाई छ । प्रदर्शनकारीका कारण राजधानीका वासिन्दाको सुरक्षामा खतरा बढेको पनि उनले बताए । ट्रक चालकहरुले एक सातादेखि टेन्ट र गाडीहरू राखेर अवरोध गर्दै आएका छन् ।

Comments

सम्बन्धित खवर