•  ३ आश्विन २०८१, बिहीबार
  •  4:21:30 AM

सुनको मूल्य एक सयले बढ्यो

- माघ २४, २०७८ मा प्रकाशित



काठमाडौँ: साताकाे दाेस्राे दिन साेमबार नेपाली बजारमा सुनको भाउ प्रतितोला एक सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन तोलाकाे ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजावी सुनको भाउ तोलामा ९२ हजार एक सय रुपैयाँ निर्धारण भएको छ । 

चाँदीको मूल्य प्रतितोलामा पाँच रुपैयाँले बढेको छ  । शुक्रबार एक हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी साेमबार प्रतितोलामा एक हजार २५५ रुपैयाँ निर्धारण भएको छ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर