
सोलुखुम्बुमा हिमपातका कारण तीन दिनदेखि सिद्विचरण राजमार्ग अवरुद्ध
- माघ २३, २०७८ मा प्रकाशित
सोलुः भारी हिमपातका कारण सिद्विचरण राजमार्ग अवरुद्ध बनेको छ । गत बिहीबार रातिदेखि सोलुको उच्च भागमा हिमपात हुँदा तीनदिनदेखि राजमार्ग बन्द भएको हो ।
सडक अवरुद्ध हुँदा हिमाली जिल्ला सोलुमा सवारी आवागमन ठप्प बनेको छ । सडकमार्गबाट जिल्ला भित्रिने मुख्य नाका पत्ताले क्षेत्रमा बाक्लो हिउँ जम्दा शुक्रबार बिहानदेखि सवारी आवागमन पूर्णरुपले बन्द भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक कृष्ण कटुवालले जानकारी दिए ।
यतायात व्यवसायी दोर्जी शेर्पाका अनुसार पत्ताले क्षेत्रका सडकमा दुईदेखि तीन फिटसम्म हिउँ जमेको छ । सडक खुलाउन सडक डिभिजन कार्यालय ओखलढुङ्गाले जेसिबीको प्रयोग गरे पनि सम्भव नभएको जनाइएको छ । स्थानीयवासी ङिमा ग्लाल्जेन शेर्पाका अनुसार जेसिबीले सडकको हिउँ सोरेर सडक खुलाउने कोसिस गरे पनि शनिबारसम्म हिमपात नरोकिएकाले समस्या भएको हो ।
यसका कारण बाहिरी जिल्लाबाट सोलुखुम्बुका लागि छुटेको सावरीसाधन ओखलढुङ्गाको ठाढे, टोड्के, विपलाटेलगायतका स्थानमा तीन दिनदेखि रोकिएका छन् भने सोलुखुम्बुबाट छुटेका केही सवारी सोलुदूधकुण्ड नगरपालिका–११ बेलिडाँडामा रोकिएका छन् ।
सवारीसाधन गन्तव्यमा पुग्न नसक्दा सयौँ यात्रुको बिचल्लीमा परेका छन् । सवारी रोकिएसँगै खानबस्नको समेत समस्या भएको यात्रुहरूले गुनासो गरेका छन् । विशेषगरी असक्त, बालबालिका, वृद्धवृद्वा यात्रु समस्यामा परेको बताइएको छ । जन्तीसमेत ठाडे क्षेत्रमा रोकिएका सल्लेरीका दीपक राजभण्डारीले बताए। आफ्ना, आफन्तसमेत जन्ती आउँदै गरेको भए पनि अहिले सडकमा जमेको हिउँका कारण सवारी सञ्चालन हुन नसक्दा बीचबाटोमै रोकिएको उनको भनाइ छ ।
काठमाडौँदेखि सोलुसम्मका यात्रामा शुक्रबार नै निस्केको भए पनि ओखलढुङ्गाको टोट्केमै रोकिएर बस्नुपरेको दीपक केसीले बताए । हिमपात भएको बेला सामान्य भए पनि यसपछिको सडक यात्रा जोखिमपूर्ण हुने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख कटवालले जानकारी दिए ।
सडकमा हिउँ जम्ने र भौगोलिक अवस्थाका कारण दुर्घटनाको जोखिम हुने भएकाले यस्तो अवस्थामा अतिआवश्यक कामबाहेक यात्रामा ननिस्कन उहाँले आग्रह समेत गरे । आज दिउँसोसम्ममा सडक सुचारु गराउन प्रयास सडक डिभिजन कार्यालयले जनाएको छ । -रासस

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments