
मर्स्याङ्दी गाउँपालिकामा ‘ग’ वर्गका अपांगता भएकालाई मासिक पाँच सय भत्ता दिइने
- माघ २३, २०७८ मा प्रकाशित
लमजुङ: लमजुङको मर्स्याङ्दी गाउँपालिकाले पालिकाभित्रका ‘ग’ वर्गका अपांगता भएका व्यक्तिलाई पनि विशेष सेवा सुविधा दिने निर्णय गरेको छ । गाउँ कार्यपालिका बैठकले माघ महिनादेखि लागू हुनेगरी पालिकाअन्तर्गत ‘ग’ वर्गका अपांगता भएका व्यक्तिहरुलाई मासिक पाँच सय सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको हो ।
‘क’ र ‘ख’ वर्गका अपांगता भएका व्यक्तिहरुलाई संघ सरकारले नै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको, तर ग‘’ वर्गमा पर्नेहरूले मासिक भत्ता नपाउने भएकाले पालिकाले मासिक उपलब्ध गराउने निर्णय गरेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए ।
‘ग’ र ‘घ’ वर्गका अपांगता भएकाले सेवा सुविधाबाट वञ्चित भएको गुनासो गरेपछि कार्यपालिकाको बैठकले तत्कालका लागि ‘ग’ वर्गलाई पाँच सय मासिक रुपमा उपलब्ध गराउने निर्णय गरेको गाउँपालिका अध्यक्ष गुरुङको भनाइ छ । सम्बन्धित निकायबाट ‘क’ वर्ग अर्थात् रातो रंगको अपांगता परिचयपत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकहरुले सरकारबाट मासिक तीन हजार रुपैयाँ भत्ता पाउँदै आएका छन् ।
यस्तै सम्बन्धित निकायबाट ख‘’ वर्ग अर्थात नीलो अपांगता परिचयपत्र पाएका जुनसुकै नागरिकहरुले सरकारको तर्फबाट मासिक एक हजार ६ सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन् । अपांगता अधिकार ऐन २०७४ अनुसार सबै स्थानीय तहलाई अपांगता परिचयपत्र वितरण गर्न दिएको अधिकारअन्तर्गत गाउँपालिकाले परिचयपत्र वितरण गर्दै आएका छन् । अपांगता भएकाहरुको स्तर र गम्भीरता पहिचान गरी परिचयपत्र वितरण गरिरहेको र सोहीबमोजिम सामाजिक सुरक्षा भत्ताको व्यवस्थापन गरिने अध्यक्ष गुरुङको भनाइ छ । –न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments