
प्रेस चौतारी नेपालको २४ औँ स्थापना दिवसका अवसरमा पत्रिका वितरकलाई साइकल उपहार
- माघ २२, २०७८ मा प्रकाशित
इटहरीः नेकपा एमालेनिकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको २४ औँ स्थापना दिवस सुनसरीमा पनि विविध कार्यक्रम गरी मनाइएको छ ।
दिवसका अवसरमा चौतारीको जिल्ला शाखाले धरानमा आयोजना गरेको कार्यक्रमका क्रममा लामो समयदेखि पत्रपत्रिका वितरणमा सक्रिय रहेका दुई जना वितरकहरु कल्याण राई र बद्री राईलाई साइकल प्रदान गरिएको थियो । सूचना सम्प्रेषणको महत्वपूर्ण माध्यमका रुपमा स्थापित रहेको पत्रिकाको पहुँच विस्तारमा योगदान गरेबापत दुवै वितरकहरुलाई सम्मानस्वरुप साइकल प्रदान गरिएको चौतारीकी सुनसरी जिल्ला अध्यक्ष शुभद्रा प्याकुरेलले बताइन् ।

एमालेका संघीय महासचिव शंकर पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य देवराज घिमिरे, पार्टीका केन्द्रीय सदस्यहरु, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।


सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments