
पार्किङमा राखेको मोटरसाइकल चोरी गरेको आरोपमा इटहरीबाट तीन जना पक्राउ
- माघ २१, २०७८ मा प्रकाशित
इटहरीः इटहरीमा पार्किङ गरेर राखेको मोटरसाइकल चोरी भएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार अघिल्लो शुक्रबार मोरङको रंगेली बस्ने पंकज झा को प्र–१–०२–०४४ प ८१०१ नम्बरको २२० पल्सर मोटरसाइकल इटहरी ६ स्थित गोरखा डिपार्टमेन्ट स्टोर अगाडिबाट चोरी भएको थियो ।
पार्किङ गरेर राखेको स्थानबाटै मोटरसाइकल चोरी भएको उजुरीका आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ कानेपोखरी गाउँपालिका ५ बस्ने २१ वर्षीय सुशान्त चौधरी, सोही सथन बस्ने बुद्विमान श्रेष्ठ र इटहरी ८ बस्ने २७ वर्षीय मनिष चौधरी रहेको कार्यालयका प्रमुख प्रहरी नायबउपरीक्षक (डीएसपी) खगेन्द्र खड्काले जानकारी दिए ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय रंगेली मोरङको डानिया चौकमा माघ १९ गते बुधबार मोटरसाइकलसहित पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीहरूमाथि सुनसरी जिल्ला अदालतबाट मुलुकी अपराध संहिता २०७४ अन्तर्गत चोरी मुद्दामा सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments