•  ३ आश्विन २०८१, बिहीबार
  •  4:16:12 AM

मुख्यमन्त्री राजेन्द्र राईलाई इटहरीमा देखाइयो कालो झन्डा, मन्त्रालय फुटाउने निर्णय फिर्ता लिन माग

- माघ २१, २०७८ मा प्रकाशित



इटहरीः प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईलाई इटहरीमा कालो झन्डा देखाइएको छ ।

प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेनिकट भ्रातृ संगठन अनेरास्ववियु र युवा संघका कार्यकर्ताहरुले इटहरीको मुख्य चौकमा मुख्यमन्त्री राईलाई कालो झन्ड देखाएका हुन् । नालायक सरकार मुर्दावाद, भ्रष्ट सरकार मुर्दावाद, मन्त्रालय फुटाउन पाइँदैन, यस्तो सरकार चाहिँदैनलगायतका नारा लगाउँदै प्रदर्शनकारीले मुख्यमन्त्रीको बाटो छेक्ने प्रयास गरेका थिए । प्रदर्शनकारीलाई प्रहरीले रोकेपछि मुख्यमन्त्री गन्तव्यतर्फ लागेका छन् ।

सात ओटा मन्त्रालयलाई फुटाएर १२ ओटा पुर्याउँदा प्रदेश सरकारमाथि अनावश्यक आर्थिक भार पर्न जाने हुँदा त्यस्तो प्रत्युत्पादक निर्णय गर्ने वर्तमान सरकारको कर्तुत जनसमक्ष उजागर गर्नका लागि शान्तिपूर्ण प्रदर्शनसहित मुख्यमन्त्री राईलाई कालो झन्ड देखाइएको अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य जीबी गजलले जानकारी दिए । प्रदेश सरकार भागबन्डा खानका लागि मात्र बनेको हुँदा यो सरकारले जनहितका काम गर्छ भन्ने विश्वास आफूहरुलाई नरहेपनि जिम्मेवार प्रतिपक्षीका हैसियतले गलत कामको भण्डाफोर अभियान भने आफूहरुले जारी नै राख्ने उनको भनाइ थियो ।

Comments

सम्बन्धित खवर