
साजिदको फिल्मलाई जोनले घटाए पारिश्रमिक
- माघ २१, २०७८ मा प्रकाशित
काठमाडौं: बलिउड अभिनेता जोन अब्राहमको विगत तीन वर्षयता बजार मूल्य तीन गुणा बढेको छ । ‘बाटला हाउस’देखि लिएर ‘सत्यमेव जयते’, ‘पठान’ र ‘एक विलेन रिटन्र्स’सम्म आइपुग्दा उनको पारिश्रमिकको अनुपातले नयाँ उचाइ छोएको छ ।
तीन वर्षयता जोनको पारिश्रमिक सात करोडबाट बढेर २१ करोड रुपैंयाँसम्म पुगेको छ । आफ्नो पछिल्लो फिल्म ‘एक भिलेन रिटन्र्स’ मा उनले २१ करोड पारिश्रमिक लिँदैछन् । यिनकै अभिनेताले एक निर्देशकका लागि आफ्नो पारिश्रमिक घटाएका छन् ।
जोनले साजिद खानले निर्देशन गर्न लागेको एक कमेडी फिल्मका लागि पारिश्रमिकमा तीन करोड रुपैयाँ कम गरेका छन् । ‘मुम्बई सागा र सत्यमेव जयते २ ले बक्स अफिसमा आशा गरेअनुसारको व्यापार गर्न सकेन ।
जसकारण निर्माताले घाटा व्यहोर्नुपर्यो । त्यहीकारण निर्माताले जोनसँग उनको पारिश्रमिक घटाउनुपर्ने माग राखेका थिए । निर्माताहरु कमेडी फिल्मका लागि जोनले १५ करोड पारिश्रमिक लिन सकून् भन्ने चाहन्थे । जुन मागलाई जोनले सुनुवाइ गरेका छन्’, फिल्मनिकट स्रोतले भनेको छ ।
यो कमेडी फिल्ममा जोनसँगै रितेश देशमुख पनि देखिनेछन् । फिल्मको सुटिङ आगामी महिना लन्डनबाट सुरु हुने निर्माण पक्षले जनाएको छ । लन्डनमा यो फिल्मको सुटिङ तीन महिनासम्म हुनेछ । शाहरुख खानको फिल्म ‘पठान’को काम सकेपछि जोन कमेडी फिल्ममा लाग्नेछन् । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments