
गुरु ढकालको अध्यक्षतामा राष्ट्रिय फोटो पत्रकार समूह सुनसरी गठन
- माघ २०, २०७८ मा प्रकाशित
इटहरीः राष्ट्रिय फोटो पत्रकार समूह सुनसरीको अध्यक्षमा गुरु ढकाल चयन भएका छन् ।
राष्ट्रिय अध्यक्ष प्रदीपराज वन्तको अध्यक्षतामा आज (बिहीबार) इटहरीमा आयोजना गरिएको जिल्ला भेलाले ढकाललाई सुनसरी अध्यक्षमा चयन गरेको हो ।
इटहरी निवासी ढकाल १५ वर्षदेखि फोटो पत्रकारितामा संलग्न छन् ।
यस्तै, उपाध्यक्षमा सुरेशचन्द्र दाहाल, सचिवमा अर्जुन सुवेदी, सहसचिवमा सन्चिता धमला र कोषाध्यक्षमा बुलेट खतिवडा चयन भएका छन् ।
यस्तै, सदस्यहरूमा सुमन भट्टराई, आरबी कटवाल, संगीत सिग्देल, रामकुमार कटवाल, बिनोद आचार्य, गणेश यादव, सचिन राई र दीपक पुरी चयन भएका छन् ।
गठनअघि पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष गणेश निरौलाको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रम गरिएको थियो । कार्यक्रममा नेपाल प्रेस युनियन सुनसरी अध्यक्ष पवन अधिकारी, प्रेस चौतारी सुनसरी अध्यक्ष शुभद्रा प्याकुरेल, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सुनसरी अध्यक्ष नवीन गुरुङ, वरिष्ठ फोटोग्राफर बिशप ताम्राकार लगायतले बोलेका थिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments