
- बैशाख १९, २०८२ मा प्रकाशित

इटहरी । पूर्व अर्थमन्त्री तथा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले सरकारको नीति तथा कार्यक्रम गन्तव्यविहीन भएको प्रतिक्रिया दिएका छन्। आज (शुक्रबार) राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसदमा प्रस्तुत गरेको सरकारको आगामी नीति तथा कार्यक्रममाथि पुनले प्रतिक्रिया दिएका हुन्। उनले विगतमा नीति साथसाथै कार्यक्रम पनि आउने परम्परा यो पटक ब्रेक भएको बताएका छन्।
‘नीति तथा कार्यक्रम गन्तव्यविहीन जस्तो लाग्यो । अर्कोतिर निरस खालको छ । परम्परागत खालको लाग्यो। किनकी विगतमा नीति स्पष्ट गरिन्थ्यो । मूल कार्यक्रम सरकारले संसदमा नै प्रस्तुत गर्थ्याे । बजेटमा अङ्क राख्ने काम र स्रोत जुटाउने कसरी भन्ने कुरा बजेटमा आउँथ्यो’, उनले भने– ‘यस पटक कार्यक्रम छैन । विगतमा कृषिसम्बन्धी, शिक्षासम्बन्धी, स्वास्थ्यसम्बन्धी कार्यक्रम स्पष्ट रूपमा राखिन्थ्यो । संसद्ले पारित गरेपछि त्यसैअनुसार बजेटमा अङ्क राखिन्थ्यो । त्यो परम्परा यस पटक ब्रेक गरिएको छ ।’
समग्रमा भन्दा सरकार गन्तब्यबिहीन तरिकाले चलिरहेकाले गन्तब्यबिहीन नीति ल्याएको पुनको प्रतिक्रिया दिए। अर्कोतिर संसद्लाई छलेर कार्यक्रम आफूखुसी गर्न खोजेको आशङ्का व्यक्त गरे । यो पटक फरक दलबाट राष्ट्रपति भएकाले न्युनिङ नमिल्ने भएर नै कार्यक्रम नराखिएको उनले आरोप लगाए । नेता पुनले नीति तथा कार्यक्रममा आर्थिक क्षेत्र सुधारको कुरा स्पष्ट नआएकोले सरकारले के गर्न लागेको स्पष्ट नभएको प्रतिक्रिया दिए । ‘भर्खरै शिक्षक आन्दोलनबाट फर्किएका छन्, शिक्षा क्षेत्रमा गर्नुपर्ने थुप्रै सुधार बारे केही आएन,’ उनले भने, ‘विकास निर्माण र पूर्वाधारमा गन्तव्य दिन सकेन।’ विगत सरकारका प्रतिबद्धता रोकिएको र यसबारे के गर्ने भन्ने स्पष्ट नपारिएको पनि उनले टिप्पणी गरे ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २२, २०८२धरानबाट हिँडेको बस धनकुटामा पुग्दा पल्टियो, एकजनाको मृत्यु, धरानका चालकसहित १३ जना घाइते (नामावलीसहित)
-
ताजा बैशाख २२, २०८२नमूना बन्दै झापाकाे ‘सहकारी खेती’ र ‘कृषि घरबास’
-
ताजा बैशाख २२, २०८२रेशम चौधरी पक्राउबारे नाउपाले माग्यो प्रधानमन्त्रीको जवाफ, नत्र सरकार छाड्ने चेतावनी
-
ताजा बैशाख २२, २०८२देउवालाई भेट्न बूढानीलकण्ठ पुगे अर्थमन्त्री पौडेल
-
ताजा बैशाख २२, २०८२सुधार केन्द्रमा एक व्यक्तिमाथि चरम यातना, प्रहरीले थाल्यो अनुसन्धान
Comments