•  ९ मंसिर २०८१, आईतवार
  •  5:51:56 AM

कृषकको माग बोकेर सडकमा उत्रियो जनमत पार्टी, महेन्द्र राजमार्ग अवरुद्ध

- माघ २०, २०७८ मा प्रकाशित



इटहरीः किसानहरुलाई आवश्यक मल तथा बिउबिजन समयमा उपलब्ध नगराएको भन्दै जनमत पार्टीले मधेश प्रदेशमा सडक प्रदर्शन गरेको छ ।

मलखाद, बिउबिजन तथा सिँचाइको प्रबन्ध नगरेको भन्दै केही सातादेखि आन्दोलनरत सो पार्टीले आज प्रदेशभर महेन्द्र राजमार्ग अवरुद्ध पारी प्रदर्शन गरेको हो । जनमत पार्टीका कार्यकर्ताहरुको अवरोधका कारण आज बिहानैदेखि मधेस प्रदेशको सप्तरी, सिरहा, धनुषा र महोत्तरीलगतयका जिल्ला जोड्ने महेन्द्र राजमार्ग खण्डमा यातायात अवरुद्ध भएको छ । जसका कारण राजमार्गमा चल्ने लामो दूरीका सवारीसाधन ठप्प भएका छन् ।

जनमतका कार्यकर्ताले शान्तिपूर्ण आन्दोलन गरिरहेको भने पनि सवारी साधनमा तोडफोड र आगजनी गर्ने चेतावनीसमेत दिएका छन् । राजमार्गमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन् । कृषि बिजुली निःशुल्क गर्नुपर्ने, किसानलाई पेन्सनको व्यवस्था गर्नुपर्ने लगायतका ११ बुँदे माग राखेर करिब डेढ महिनादेखि आन्दोलन गर्दा पनि सरकारले मागको सुनुवाइ नगरेपछि पार्टी सडक प्रदर्शनमा उत्रिएको हो ।

Comments

सम्बन्धित खवर