
मन्त्रिपरिषद बैठक र राज्यमन्त्रीको शपथ ग्रहण अचानक स्थगित
- बैशाख १९, २०८२ मा प्रकाशित

इटहरी । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रबार) का लागि बोलाएको मन्त्रिपरिषद बैठक अचानक स्थगित भएको छ। सिंहदरबारमा हुने भनिएको मन्त्रिपरिषद बैठकसँगै नव नियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाको शपथ ग्रहण कार्यक्रम पनि स्थगित भएको छ । शुक्रबार बिहान १० बजेका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ कार्यक्रम स्थगित भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।
गएको बुधबार सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेले गर्बुजालाई राज्यमन्त्री नियुक्त गरेका थिए । गर्बुजा म्याग्दीबाट निर्वाचित कांग्रेस सांसद हुन् । प्रधानमन्त्री ओलीले तत्कालीन ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई वैशाख १० गते बर्खास्त गरेका थिए । प्रधानन्त्रीको सचिवालयले आज अब मन्त्रिपरिषद् बैठक नहुने जनाएको छ । राज्यमन्त्रीको शपथ हुने नहुने खुलाइएको छैन ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २२, २०८२धरानबाट हिँडेको बस धनकुटामा पुग्दा पल्टियो, एकजनाको मृत्यु, धरानका चालकसहित १३ जना घाइते (नामावलीसहित)
-
ताजा बैशाख २२, २०८२नमूना बन्दै झापाकाे ‘सहकारी खेती’ र ‘कृषि घरबास’
-
ताजा बैशाख २२, २०८२रेशम चौधरी पक्राउबारे नाउपाले माग्यो प्रधानमन्त्रीको जवाफ, नत्र सरकार छाड्ने चेतावनी
-
ताजा बैशाख २२, २०८२देउवालाई भेट्न बूढानीलकण्ठ पुगे अर्थमन्त्री पौडेल
-
ताजा बैशाख २२, २०८२सुधार केन्द्रमा एक व्यक्तिमाथि चरम यातना, प्रहरीले थाल्यो अनुसन्धान
Comments