
सुनसरीबाट ७८३ किलो गाँजासहित ट्रक नियन्त्रण
- बैशाख १८, २०८२ मा प्रकाशित

इटहरी । सशस्त्र प्रहरी बलले सुनसरीबाट ७८३ किलो गाँजासहितको ट्रक र दुुई जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बलको १ नम्बर बराह बाहिनी मुख्यालय सुनसरी र सुरक्षा बेस धरानको संयुक्त टोलीले बुधबार गाँजा सहितको ट्रक र त्यसका चालक तथा सहचालकलाई नियन्त्रणमा लिएको हो।
धरान उपमहानगरपालिका–१३ निशाने डाँडास्थित कोशी लोकमार्गमा भेडेटारबाट धरानतर्फ आउँदै गरेको नम्बर प्लेट नभएको ट्रकलाई शंका लागि जाँच गर्दा उक्त परिणामको गाँजा बरामद भएको थियो । सो ट्रक खानतलासीको क्रममा ना ७ ख २८१ लेखिएको नम्बर प्लेट फेला परेको थियो ।
सशस्त्र प्रहरीले ट्रक चालक सुनसरीका ३१ वर्षीय मनोज परियार र सहचालक धनकुटाका १८ वर्षीय आकाश राईलाई समेत नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएकाहरुलाई गाँजा र ट्रकसहित आवश्यक कारबाहीका लागि बुधबार राति जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । यसअघि बुधबार बिहान मात्रै सशस्त्र प्रहरी बल विपद व्यवस्थापन बेस धनकुटाले ४२१ किलो गाँजासहित कार नियन्त्रणमा लिएको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २२, २०८२धरानबाट हिँडेको बस धनकुटामा पुग्दा पल्टियो, एकजनाको मृत्यु, धरानका चालकसहित १३ जना घाइते (नामावलीसहित)
-
ताजा बैशाख २२, २०८२नमूना बन्दै झापाकाे ‘सहकारी खेती’ र ‘कृषि घरबास’
-
ताजा बैशाख २२, २०८२रेशम चौधरी पक्राउबारे नाउपाले माग्यो प्रधानमन्त्रीको जवाफ, नत्र सरकार छाड्ने चेतावनी
-
ताजा बैशाख २२, २०८२देउवालाई भेट्न बूढानीलकण्ठ पुगे अर्थमन्त्री पौडेल
-
ताजा बैशाख २२, २०८२सुधार केन्द्रमा एक व्यक्तिमाथि चरम यातना, प्रहरीले थाल्यो अनुसन्धान
Comments