प्रदेश १ को नामाकरणमा माओवादीको दुई विकल्प
- माघ २०, २०७८ मा प्रकाशित
काठमाडौं: सत्तारूढ दल नेकपा माओवादी केन्द्रले प्रदेश १ को नामसम्बन्धी प्रस्ताव विकल्पसहित अघि बढाउने भएको छ । प्रदेश संसदमा रहेका दलहरूबीच मत भिन्नता भएको अवस्थामा ‘किरात’ प्रदेश र समझदारी भएको अवस्थामा ‘किरात–कोशी वा कोशी–किरात’ नामलाई अघि सार्ने भएको हो ।
‘किरात’ नाममाथि कुनै पनि हालतमा सहमति नभएको अवस्थामा भने समझदारी कायम गर्न ‘‘किरात–कोशी वा कोशी–किरात’ प्रदेश नामलाई अघि सार्ने माओवादीका प्रदेश सांसद धिरेन शर्मा ‘रमण’ ले न्युज कारखानालाई बताए ।
माओवादीले राज्य पुनर्संरचनाको क्रममा प्रस्ताव गरेको चार गणराज्य लिम्बुवान, खम्बुवान, कोचिला र अवध हालको प्रदेश १ मा छन् ।
तर, यी चारवटै नामलाई सम्बोधन हुने गरी माओवादीले ‘किरात प्रदेश’ प्रस्ताव गरेको जनाएको छ । प्रदेश संसदमा छलफल हुँदै आएका नामहरू भने सगरमाथा, लिम्बुवान, खम्बुवान र विराट पनि हुन् । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा मंसिर ८, २०८१दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते मेहताको मृत्यु
-
ताजा मंसिर ८, २०८१बराहक्षेत्रकाे सप्तकाेशी किनारमा महिला र पुरूषकाे शव भेटियाे
-
ताजा मंसिर ८, २०८१इटहरीमा धुमधामले मनाइयाे पतञ्जली योग समिति नेपालको १४ औं स्थापना दिवस
-
ताजा मंसिर ८, २०८१सुकुटी बेचेर मासिक दुई लाख कमाउदै लक्ष्मीमार्गका प्रेम श्रेष्ठ
-
ताजा मंसिर ८, २०८१बालिकालाई बन्धक बनाएर यौनकार्यमा लगाएको आरोपमा तीन महिला पक्राउ
Comments