•  ८ मंसिर २०८१, शनिबार
  •  5:38:17 AM

लेक लागेर युवकको मृत्यु

- माघ २०, २०७८ मा प्रकाशित



पाँचथर: चौंरी गोठ जाँदा लेक लागेर पाँचथरमा एक युवकको मृत्यु भएको छ । 

जिल्लाको फालेलुङ गाउँपालिका-५ को टुनिबोटेका ३१ वर्षीय विशाल मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । 

बुधबार राति साढे १२ बजेतिर विशालसहित उनका भाइ विक्रम सोही गाउँपालिकाको आहालेस्थिति चौंरी गोठ गएका थिए । हिउँ परेपछि घर फर्किने क्रममा धुपीडाँडा भन्ने क्षेत्रमा आइपुग्दा विशाललाई लेक लागेपछि हातखुट्टा नचलेको र बिहीबार बिहान ३ बजेतिर प्रहरी चोकी प्राङ्बुङबाट प्रहरी टोली पुग्दा उनी मृत अवस्थामा फेला परेको पाँचथर प्रहरी प्रवक्ता डम्बर विश्वकर्माले जानकारी दिए । 

घटनास्थललाई प्राङ्बुङ प्रहरीले सुरक्षित गरेको छ । प्रवक्ता विश्वकर्माले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको बताए । -न्युज कारखाना

Comments

सम्बन्धित खवर