
प्रदेश १ का आर्थिक मामिला मन्त्री आङ्बो भन्छन्- अध्ययन निष्कर्षका आधारमा मन्त्रालय थप्ने निर्णय भएको हो
- माघ २०, २०७८ मा प्रकाशित
काठमाडौं: पाँच मन्त्रालय थपेर १२ पुर्याएपछि प्रदेश १ सरकार आलोचित छ । सत्तारूढ गठबन्धनमा रहेका पाँच दलमा मन्त्री बन्ने आकांक्षीहरू बढी हुँदा हालै पाँच मन्त्रालय थपिएको थियो ।
मन्त्रालय थप्ने निर्णय प्रदेश मन्त्रिपरिषद् बैठकले गरिसकेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलले चारवटा मन्त्रालयलाई फुटाएर नौवटा बनाइएको बताए ।
अब प्रदेशमा सडक, पूर्वाधार तथा सहरी विकास मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय, उद्योग, श्रम तथा रोजगार मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय, भूमि, सहकारी तथा यातायात मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय हुने भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्, आर्थिक मामिला तथा योजना र आन्तरिक मामिला तथा कानुन मन्त्रालय भने यथावत छ । सत्ता गठबन्धनमा रहेका विभिन्न पार्टीमा मन्त्री बन्न चाहनेहरूको संख्या अधिक रहँदा उनीहरूको व्यवस्थापन गर्न मन्त्रालय फुटाएर थप गरिएको आरोप प्रमुख विपक्षी दल एमालेले लगाउँदै आएको छ ।
तर, मन्त्री आङ्बोले न्युजकारखानासँग संघीय सरकार मातहतमा रहेका शिक्षा, स्वास्थ्य, संस्कृतिलगायत विभिन्न मन्त्रालय प्रदेशमा भने एउटै मन्त्रालयमा रहँदा असहज भएको अध्ययन निष्कर्षका आधारमा विभाजन गर्ने निर्णय गरिएको स्पष्ट पारे ।
आङ्बोकै नेतृत्वमा प्रदेशका मुख्य सचिव, अर्थसचिवलगायत सम्मिलित अध्ययन कार्यदल यसअघि गठन भएको थियो । कार्यदलको अध्ययन निष्कर्षका आधारमा मन्त्रिपरिषद्ले उद्योग, पर्यटन, वन तथा वातावरणसँगै भूमि, व्यवस्था, कृषि तथा सहकारी, भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालयलाई फुटाउने निर्णय आइतबार गरेको थियो । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments