
दुर्गा प्रसाईंको हेरचाह गर्न हिरासतभित्रै बडीगार्ड
- बैशाख ११, २०८२ मा प्रकाशित

इटहरी । तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका कमान्डर दुर्गा प्रसाईं १३ दिनदेखि प्रहरी हिरासतमा छन्। चैत २८ गते भारतको आसामबाट पक्राउ परेका प्रसाईंलाई अर्को दिन नेपाल ल्याएर जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको हो।
काठमाडौं जिल्ला अदालतले पहिलोपटक १२ दिनको म्याद थप गरेपछि बुधबार पुनः ३ दिनको म्याद थपिएको छ। थप हिरासत आवश्यक परे आइतबार पुनः अदालतमा पेश गरिनेछ।
प्रसाईंविरुद्ध आपराधिक उपद्रव, राज्यविरुद्धको अपराध, ज्यान मार्ने प्रयास, कर्तव्य ज्यान र संगठित अपराधलगायत पाँचवटा अभियोगमा अनुसन्धान भइरहेको छ। उनीसँगै पक्राउ परेका २४ जनालाई राज्यविरुद्धको कसुरमा अनुसन्धान भइरहेको छ भने अन्य ६१ जनालाई आपराधिक उपद्रवमा अनुसन्धान गरिएको छ। हालसम्म २१ जना थुनामुक्त भएका छन्, तर उनीहरू पनि मुद्दामा संलग्न हुनसक्ने प्रहरीको भनाइ छ।
प्रसाईंसँगै भारत भागेका उनका अंगरक्षक दीपक खड्का पनि पक्राउ परेका छन्। उनीहरूलाई छुट्टाछुट्टै कोठामा राखिएको छ। क्यान्सरको बिरामी भएका कारण प्रसाईंले आफ्ना सहयोगीहरूलाई पनि सँगै राख्न अनुरोध गरेका थिए। यसपछि पूर्वसैनिक रामकुमार धिमाललाई सँगै राखिएको छ।
प्रसाईं र उनका सहयोगीहरूसँग तीनकुने घटनाबारे सोधपुछ भइरहेको छ, तर उनीहरूले संलग्नता अस्वीकार गरेका छन्। अनुसन्धान अधिकारीहरूका अनुसार प्रसाईंले विरोधाभासी बयान दिइरहेका छन्।
प्रसाईंले फेरि स्वास्थ्यका आधारमा थुनामुक्तिको माग गर्दै अदालतमा निवेदन दिन तयारी गरिरहेको स्रोत बताउँछन्।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments