
बाकसमा सुदिप : मुर्छित आमा र बहिनी, शोकमा गाउँ : ‘त्यहाँ केही बोल्ने अवस्था नै थिएन, एकाएक ताकेरै गोली हाने’
- बैशाख ११, २०८२ मा प्रकाशित

काठमाडौं । भारतको काश्मिरस्थित पाहलगममा भएको आतंककारी हमलामा मारिएका नेपाली युवा सुदीप न्यौपानेको शव बिहीबार बिहान नेपाल ल्याइएको छ। मंगलबार काश्मिरमा आतंककारीहरूको आक्रमणमा परेर सुदिपको ज्यान गएको थियो । बुटवल–११ कालिकानगरका सुदिपको शव उनको घरमा पुर्याउँदा आफन्तहरू शोकमा डुबेका छन् । उनको शव आजे त्रिवेणीघाट पुर्याएर अन्त्येष्टि गरिने परिवारले जानकारी दिएको छ ।
उनको शव भारतको दिल्लीबाट लखनउ हँदै बेलहिया नाकाबाट नेपाल ल्याइएको हो । भारतीय पक्षले सुरक्षाकर्मीको रहोबरमा आफन्तलाई सुदीपको शव जिम्मा लगाएको थियो । अहिले सुदिप न्यौपानेको घर रहेको मनकामना टोल मात्र होइन बुटवल शोकमग्न छ । उनको बुवा बस्ने बुटवल– १४ बेलबरिया र उनीहरू बस्ने कालिकानगरको घरमा बिहानैबाट आफन्त, शुभेच्छुकहरूको भीड छ। आमा रिमा पाण्डे, बहिनी सुष्मा शवलाई घरमा पुर्याएदेखि नै मुर्छित छन् । उनी शनिबार मात्र आमा, बहिनी र ज्वाइँलाई लिएर घुम्न गएका थिए। भारतको जम्मू–कश्मिरमा आतंकवादी हमलामा मारिएकामध्ये एक नेपालीमा न्यौपाने परेका थिए ।
ज्वाइँ उज्ज्वल काफ्लेले बन्दुकधारीहरूको उक्त समूहले बाटोमा सँगै हिँड्दै गरेका सुदीपलाई ‘नाम र धर्म के हो’ भन्दै सोधेपछि एकाएक गोली हानेको थियो । ‘त्यहाँ केही बोल्ने अवस्था नै थिएन, एकाएक ताकेरै गोली हाने, कुनै कल्पना गर्न सक्ने घटना थिएन, त्यसपछि आमा र श्रीमती सम्हाल्नु बाहेक अरू सोच्नै सकिन’ उनले भने । ज्वाइँ उज्ज्वलका अनुसार घुम्न निस्केको बेला एकै पटक आतंकवादीको समूह जंगलबाट निस्के, सबैले अल्लाह मुस्लिम भन भनेर चेतावनी दिएका थिए । उनी, आमा र बहिनीले आतंककारीहरूले भनेको शब्द दोहोर्याए, तर सुदिपले उनीहरूले भनेको नमानेपछि ताकेर हानेका हुन् ।
सुरुमा हातमा लागेको गोली दोस्रो पटक हान्दा छातीमा लागेको थियो । सुदिपका मामा महाशर्मा पाण्डेका अनुसार पार्थिव शरीर आजै अन्त्येष्टि गरिने छ। आजै उनको त्रिवेणीमा अन्त्येष्टि गरिने तयारी भएको उनले बताए । मृतकका काका बुटवल १४ का वडाध्यक्ष दधिराम न्यौपानेका अनुसार सुदीप परिवारका एक्ला छोरा हुन् । उनी धरानमा पब्लिक हेल्थ पढ्दै थिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments