
कानेपोखरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दिदीको मृत्यु, भाइ घाइते
- बैशाख १०, २०८२ मा प्रकाशित

इटहरी ।मोरङको कानेपोखरी गाउँपालिकास्थित पूर्व–पश्चिम राजमार्गमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दिदीको मृत्यु भएको छ भने भाइ घाइते भएका छन्। इलाका प्रहरी कार्यालय पथरीका अनुसार बुधबार बिहान झापा काँकडभिटबाट धरान जाँदै गरेको को १ ख ७४८२ नम्बरको बसले स ४ प ५८४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको हो ।
प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनविक्रम दाहालका अनुसार दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ५५ वर्षीया कुमारी आचार्यको घटनास्थलमा मृत्यु भएको हो । प्रहरी नायब उपरीक्षक दाहालले मृतक आचार्य उदयपुर बेलका नगरपालिका निवासी भएको जानकारी दिए । त्यसैगरी, घटनामा मोटरसाइकलमा हाँकिरहेका इटहरी नगरपालिकाका हरि शर्मा भने घाइते भएका छन् ।
घाइते शर्मालाई उपचारका लागि विराटनगर र मृतकको शव पोष्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पतालमा लगिएको दाहालले जानकारी दिए । प्रहरी नायब उपरिक्षक दाहालका अनुसार मोटरसाइकल चालक र मृतक दुई जना दिदी–भाइ हुन् । प्रहरीले दुर्घटनामा संलग्न कन्काई नगरपालिकाका ५१ वर्षीय बस चालक सोमलाल चौधरीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments