
बर्खास्त भएपछि उर्जा राज्यमन्त्री तामाङले भने : ‘अब सरकार ढाल्नतिर लाग्ने हो’
- बैशाख १०, २०८२ मा प्रकाशित

इटहरी । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्नु हुँदैन भन्ने पक्षमा देखिएका उर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) नै बर्खास्तीमा परेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई पदबाट बर्खास्त गरेको स्रोतले बतायो ।
विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक घिसिङलाई हटाउने विषयमा तामाङ र ऊर्जामन्त्री दीपक खड्काबीच खटपट देखिएको थियो । उनलाई किन बर्खास्त गरिएको भन्ने खुलेको छैन। बर्खास्तमा परेपछि तामाङले आज राति आफूले सपना राम्रो नदेखेको प्रतिक्रिया दिएका छन् । उनले गए राति सपना नराम्रो देखेपछि मन्त्रालय नै नगएको बताए । ‘आज म मन्त्रालय गइनँ । राति सपना त्यति राम्रो थिएन त्यही भएर गइनँ । उनले भने, ‘केहीबेर अघि प्रधानमन्त्रीले हटाउनु हुने भयो राजीनामा दिनु भनेर गृहमन्त्रीले फोन गर्नु भएको थियो । मैले दिन्न भनें ।’
उनले आफूले राजीनामा दिन आफ्नै पार्टी नेपाली कांग्रेसले निर्देशन दिनुपर्ने बताएका छन् । ‘पार्टीले फिर्ता बोलाउनु प¥यो नि, प्रधानमन्त्रीले बोलाउने हो र ?’ उनले प्रधानमन्त्री तथा सत्तामा भएकाहरूले जनजातिलाई देखिनसकेको आरोप पनि लगाए । ‘मलाई हटाउनुको दुई–तीन कारण छन् नि । एउटा त जनजातिलाई देखिसहेनन् । अर्को कुलमानलाई हटाएको विषयमा अलिअलि बोलिदिएको थिएँ,’ उनले भने, ‘अर्को कुनै आयोजनाको डीपीआर बनाउन एमालेले भनेअनुसारको बजेट राखेर गर्ने निर्देशन आयो मैले डीपीआरको खर्च कसले बेहोर्छ भनेर सोधेको थिएँ उनीहरूलाई चित्त बुझेन ।’ उनले अब सरकार ढाल्नतिर लाग्ने घोषणा समेत गरे । उनले भने, ‘जनजातिलाई देखिनसहने सरकार किन राख्ने ?’

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments