
इटहरीमा एक महिना टिकेनन् हाकिम , भुक्तानी ठप्प , कामकाज प्रभावित
- बैशाख १०, २०८२ मा प्रकाशित

इटहरी । इटहरी उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत लामो समय टिक्न नसक्दा भुक्तानीदेखि विकास निर्माणसम्मका कार्य प्रभावित भएका छन्।
गत फागुन २१ गते नियुक्त भएका हेमराज भुसाल एक महिना नबित्दै काठमाडौं केन्द्रित भएपछि उपमहानगर १५ दिनदेखि हाकिमविहीन बनेको हो। माघ २५ मा उपसचिवबाट सह–सचिवमा बढुवा भएका भुसाल चैत २४ मा काठमाडौं गएको कर्मचारी स्रोतले जनाएको छ।
कर्मचारी श्राेतका अनुसार प्रमुख प्रशासकीय अधिकृत नहुँदा आवश्यक भुक्तानी रोकिएको छ भने विनियोजन भइसकेको रकमसमेत भुक्तानी हुन सकेको छैन। वडाबाट पास भएका योजना कार्यान्वयनमा समस्या भइरहेको सेवाग्राही रोशन राईले बताए।
श्रोतका अनुसार नगर प्रमुख हेमकर्ण पौडेल, उपप्रमुख सङ्गीता चौधरी लगायतसँग तालमेल नमिलेकाले भुसालले इटहरी छोडेका हुन्। कार्य सम्पादन मूल्याङ्कनमा पनि इटहरी पछि परेको र आन्तरिक किचलो बाहिरिएपछि बस्न नमानेकाे जनाइएको छ।भुसालले आफ्नो सरुवा भइसकेकाले उपमहानगर छोडेको र कुनै विवाद नभएको बताएका छन्। ‘सरकारको निर्णय हो, मान्नैपर्छ’, उनले भने।
नगर प्रमुख पौडेलले बाहिर सुनिएजस्तो विवाद नभएको दाबी गर्दै प्रमुख प्रशासकीय अधिकृत जोसुकै आए पनि उत्तम कार्य सम्पादनको अपेक्षा राखेको बताए। उपप्रमुख चौधरीले आर्थिक वर्ष सकिन तीन महिना मात्र बाँकी हुँदा पनि प्रशासकीय अधिकृत नहुँदा आर्थिक, प्रशासनिक तथा विकास कार्यमा चुनौती बढेको बताइन्। नयाँ अधिकृतका लागि पहल भइरहेको जानकारी दिइएको छ। यस अघिका प्रमुख प्रसाशकीय अधिकृत राम चरित्र मेहता करिब ४ वर्ष कार्यकाल सम्हालेर अन्यत्रै सरूवा भएका थिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments