
१५ महिनापछि राजीनामा दिने प्रधानमन्त्री ओलीकाे घाेषणा
- बैशाख ९, २०८२ मा प्रकाशित

इटहरी । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ महिनापछि आफूले पदबाट राजीनामा दिने दोहोर्याएका छन्। नयाँ शक्ति भनिनेहरूले राजीनामा कहिले दिने भनेर सोधिरहेको बताउँदै ओलीले १५ महिनाको भाका दिएका हुन्।
ओलीले नयाँ शक्ति भनेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई इंगित गरेका हुन्। सोमबार शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएसँगै रास्वपाकी नेत्री तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले राजीनामा प्रधानमन्त्रीले दिनुपर्ने भए पनि शिक्षामन्त्रीको आएको भन्दै कटाक्ष गरेका हुन्।
ओलीले आज कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यसबारे जवाफ दिए। उनले भाषणको क्रममा मिडियामाथि पनि कटाक्ष गरे। ‘पर्ख पर्ख मैले १५ महिनामा राजीनामा दिन्छु। प्रधानमन्त्रीको राजीनामा कहिले भनेका छन्?,’ उनले भने, ‘मैले भन्छु १५ महिनामा राजीनामा दिन्छु। पर्ख पर्ख १५ महिनामा राजीनामा दिन्छु। पत्रिकालाई अरु नै बनाउन मन होला।
ओलीले शेरबहादुर देउवा थाइल्यान्ड गएको विषयलाई तोडमोड गरेर प्रचार गरिएको भन्दै मिडियामाथि प्रश्न गरे। ‘कांग्रेस र एमाले मिल्नुहुँदैन भनेर खोज्न जानुभएको हो ? शेरबहादुर देउवा थाइल्यान्ड?१५ महिनापछि देउवालाई सत्ता हस्तान्तरण गर्ने हो,’ उनले भने, ‘उहाँको सरकारमा आए हुन्छ। अहिले नै सहयोग गरे पनि हुन्छ। देउवा आएपछि के हुन्छ भनेर हल्ला चलाएका छन्। नेपालमा प्रतिगमन हुनेवाला छैन।’

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments