म्यानमार हिंसा अन्त्य गर्न राष्ट्रसंघको आह्वान
- माघ २०, २०७८ मा प्रकाशित
न्युयोर्क: राष्ट्रसंघको सुरक्षा परिषद्ले म्यानमारमा भइरहेका सबै प्रकारका हिंसा अन्त्य गर्न आह्वान गरेको छ । त्यस्तै जारी संकट समाधान गर्न विशेष दूतलाई त्यहाँ भ्रमणका लागि अनुमति दिने पनि उसले विश्वास गरेको छ ।
दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको संगठनले क्याम्बोडियाका विदेशमन्त्री प्राक साखोनलाई आफ्नो प्रतिनिधिको रुपमा म्यानमार पठाउन चाहेको छ । विदेशमन्त्री साखोनको म्यानमार भ्रमणलाई सुरक्षा परिषदले सम्बन्धित पक्षहरुसँग भेट गर्ने चाँडो भन्दा चाडो अवसरको रुपमा हेरेको छ ।
गत वर्ष सेनाको कुपछि त्यसको विरोधमा भएका प्रदर्शनमा विपक्षीमाथि सरकारले चरम दमन गरेको छ । प्रदर्शनका क्रममा सेनाको कारबाहीमा एक वर्षमा १५ सय जनाको मृत्यु र ११ हजार पक्राउ परेका छन् ।
सरकारले प्रजातन्त्रबादी नेतृ आङ सान सू चीलाई घरमै नजरबन्दमा राखेको छ । -एजेन्सी
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments