कांग्रेसका वडा सभापति हातहतियार खरखजनामा पक्राउ
- माघ २०, २०७८ मा प्रकाशित
सोलुखुम्बु: नेपाली कांग्रेस थुलुङ दूधकोशी गाउँपालिका- ७ का वडा सभापति मिलनकुमार राई पक्राउ परेका छन् ।
काठमाडौ जिल्ला अदालतको पक्राउ पूर्जीको आधारमा उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक ऋषिराज ढकालले जानकारी दिए ।
हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा अनुसन्धानमा मुद्दा परेपछि राई पक्राउ परेका हुन् ।
हातहतियार खरखजना ऐन २०१९ तथा मुलुकी अपराध संहिता ऐन २०७४ को भाग २ को परिच्छेद ६ अनुसार कसुरदारलाई ३ वर्षसम्म कैद तथा ३० हजारसम्म जरिवाना हुने कानुनी व्यवथा छ । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा मंसिर ११, २०८१बोर्डका नयाँ अध्यक्षलाई सेयरबजारको स्वागत, ३३ अंकले नेप्से बढ्दा २१० वटाको मूल्य बढ्यो
-
ताजा मंसिर ११, २०८१धुलाबारी बजारमा चल्याे ड्राेजर : अतिक्रमित संरचना भत्काउन थालीयाे
-
ताजा मंसिर ११, २०८१सरकारले सुनचाँदीसहित यी वस्तुमा घटायो कर, कुनमा कति घट्यो?विवरण सहित
-
ताजा मंसिर ११, २०८१हिजो एकै दिन तोलामा १६ हजार घटेको सुनको मूल्यमा आज पनि उच्च गिरावट
-
ताजा मंसिर ११, २०८१मानव तस्करी आरोपमा पक्राउ परेका कोसीका पूर्वमन्त्री लीलावल्लभ अधिकारी रिहा
Comments