
विमानस्थलमा युवकमाथि दुर्व्यवहार गर्ने तीन प्रहरीलाई जिम्मेवारीबाट हटाइयो
- बैशाख ३, २०८२ मा प्रकाशित

इटहरी । त्रिभुवन अनतर्राष्ट्रिय विमानस्थलमा एक युवामाथि दुर्व्यवहार गर्ने तीन प्रहरी कारबाही गरिएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले वैदेशिक रोजगारीबाट बिदामा फर्किएका युवामाथि दुर्व्यवहार गर्ने तीन जना प्रहरीलाई कारबाही गरिएको जनाएको छ ।
उनीहरूलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा झिकाएर छानबिन तथा अनुसन्धान भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रवक्ता एसएसपी शेखर खनालले जानकारी दिएका छन् । दूबईबाट ३१ चैतमा काठमाडौँ आएका मोरङका सञ्जय ओझा विमानस्थलको अध्यागमन र भन्सार जाँच पार गरिसकेपछि दुर्व्यवहारमा परेका थिए ।
उनीमाथि प्रहरीले गरेको दुर्व्यवहार को भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । १० दिनको बिदामा काठमाडौँ आएर विमानस्थल बाहिर निस्किँदै गर्दा एक कर्मचारीले उनलाई ट्रली बाहिर ल्याएको विषयमा गालीगलौच गरेका ओझाले बताएका छन् । ओझाका अनुसार ती व्यक्तिले त्यस्तो व्यवहार गरेपछि उनले प्रहरीलाई बोलाएका थिए । तर, प्रहरीले उल्टै उनीमाथि थप दुर्व्यवहार गरेका थिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments