
सरकारको गम्भीर समीक्षा गर्नुपर्ने ठाउँमा आइपुगेका छौं : गगन थापा
- बैशाख ३, २०८२ मा प्रकाशित

इटहरी । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको गम्भीर समीक्षा गर्नुपर्ने ठाउँमा आइपुगेको बताएका छन् । बारा ३ को प्रथम क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले जुन उद्देश्यले सरकार गठन भएको थियो त्यो अनुसार काम गर्न नसकेको बताए ।
उनले भने, ‘अहिले कांग्रेस र एमाले मिलेर बनेको सरकार छ, यो सरकार बन्नुपथ्र्यो, पर्दैनथ्यो त्यो चरण अब सकियो । कांग्रेस र एमाले दुई ठूला प्रतिस्पर्धी पार्टीहरुबीचको सरकार ठूलो उद्देश्यले बनेको छ । तर त्यो उद्देश्य पूरा गरिनु पर्छ । यो पटक संविधान संशोधन र सुशासनको एजेण्डामा मिलेका हौं । तर यो सरकार बनेपछिको अहिलेसम्मको अवधिलाई हेर्दा जुन अपेक्षाअनुसार मिलेका थियौं त्यो पूरा हुन सकेको छैन । त्यसैले हामीले गम्भीर समीक्षा गर्नैपर्छ । जुन गतिमा हिँड्नुपर्ने त्यो हुन सकिरहेको छैन ।’ उनले सरकारले गर्नुपर्ने निर्णय नगरेर नगर्नु पर्ने निर्णय गरिरहेको भन्दै आलोचना समेत गरे । यद्यपि, कांग्रेस एमालेसँगको सहमतिमा प्रतिबद्ध रहेको भन्दै ०७४ सम्म सरकार अदलबदलमा नलाग्ने प्रष्ट पारे ।
महामन्त्री थापाले ०८४ को चुनावमा कुनै पार्टीले पनि गठबन्धनको कल्पना गर्न नहुने बताए । उनर्ले ै चुनावअघि होस् वा पछि दुवै गठबन्धन नफापेको बताएका छन् । अहिले जतिसुकै बलियो गठबन्धनबाट प्रधानमन्त्री बने पनि प्रत्येक दिनजस्तो सरकार ठिक छ भनिराख्नु पर्ने स्थिति रहेको बताए । उनले यस्तो परिस्थितिको अन्त्य गर्नको लागि निर्वाचन प्रणालीमा काम गर्नुपर्ने बताए ।
उनको भने, ‘हामीले एउटा पार्टीले एक्लै लडेर बहुमत ल्याउने पार्टी बनाउन सक्छु भन्ने स्थितिको निर्माण हामीले गर्नुपर्नेछ । हामीले निर्वाचन प्रणालीबारे पार्टीभित्र र अन्य दलहरूसँग पनि छलफल चलाउनु पर्नेछ । ०८४ को चुनावमा कुनै पार्टीले गठबन्धन गर्नेबारे कल्पना नै नगरोस्, गठबन्धनबारे कसैको पनि राम्रो अनुभव छैन। यो चुनावमा हामीले माओवादीसँग मिलेर लड्यौँ। अहिले एमालेसँग सरकारमा छौँ । एमाले र माओवादीले त पार्टी नै एउटै बनाए, अहिले एक अर्कासँग मारामार छ । हामी कसैसँग पनि गठबन्धनको राम्रा अनुभव छैन ।’
उनले भने, ‘भारत, युरोपमा पनि गठबन्धन हुन्छ, हुँदैन नहुने भन्ने होइन । तर नेपालमा न चुनाव अघिको गठबन्धन राम्रो चल्यो, न चुनावपछिको । प्रत्येक गठबन्धनको प्रधानमन्त्रीले दिनमा दुई पटक, कहिलेकाहीँ तीन–चार दिनमा एक पटक आएर मेरो सरकार ठिक छ भन्नै पर्छ । जति बलियो भए पनि, टिक्छ टिक्छ, हिजो बेलुकासम्म नटिक्ने थियो, आज आइपुग्दा टिक्ने भइसक्यो भन्नुपर्ने अवस्था छ । त्यसैले हामीकहाँ गठबन्धनको संस्कृति राम्रो भएन ।’

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments