
एक वर्षमा २ लाख बढिले गरे पाथीभरा दर्शन , तीन करोड बढि भेटि संकलन
- बैशाख २, २०८२ मा प्रकाशित

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा विसं २०८१ मा दुई लाखभन्दा बढी भक्तजनले दर्शन गरेका छन् । सोही अवधिमा झन्डै रु तीन करोड पाँच लाखभन्दा बढी भेटीघाटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार, वर्षभरिमा दुई लाख २१ हजार ६०२ जना दर्शनार्थीले मन्दिरको दर्शन गरेका थिए ।
तीमध्ये सबैभन्दा बढी कात्तिकमा ६१ हजार १७३ भक्तजन पाथीभरा पुगेका थिए । उक्त अवधिमा कुल रु तीन करोड पाँच लाख ५६ हजार १२ भेटीघाटी सङ्कलन भएको समितिले जनाएको छ । आम नागरिक र सञ्चारकर्मीलाई जानकारी दिन तथा पारदर्शिता सुनिश्चित गर्न समितिले मासिक रूपमा दर्शनार्थी र भेटीघाटी विवरण सार्वजनिक गर्दै आएको छ ।
समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार पछिल्लो समय भारतसहित विभिन्न देशबाट श्रद्धालुहरूको उल्लेखनीय आगमन भइरहेको छ । साथै, पारदर्शिता कायम राख्न मासिक विवरण प्रकाशनको अभ्यासलाई निरन्तरता दिइएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments