खोटाङमा ट्रयाक्टर दुर्घटनामा बालकको मृत्यु
- माघ १९, २०७८ मा प्रकाशित
खोटाङः ट्रयाक्टर दुर्घटनामा परी खोटाङमा एक बालकको मृत्यु भएको छ । रावाबेंसी गाउँपालिका–५ दुबेकोलस्थित भदौरेबाट ढुंगा लिन चिण्डेश्वरातर्फ जाँदै गरेको प्रदेश–२–०३–००१ त ३२९४ नम्बरको ट्रयाक्टरले किच्दा बुधबार सोही ठाउँका १३ वर्षीय वर्षीय रोशन विकको मृत्यु भएको हो ।
भदौरेमा व्यक्तिको घरमा ढुंगा झारेर चिण्डेश्वरातर्फ जाँदै गर्दा सडक किनारामा कोल्टे परेर ट्याक्टर पल्टिँदा सोही ट्याक्टरबाट खसेका बालकको किचिएर मृत्यु भएको हो । पल्टिएको ट्रयाक्टरबाट जमिनमा खस्ने बित्तिकै चक्काले किचेका बालकको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सागर शाहले बताए । मृतक बालक सोही ट्रयाक्टरमा मजदुरी (लोडअनलोड)को गर्दैआएका थिए । ट्रयाक्टर चालक रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका २१ वर्षीय रोशन भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मृतकको अब पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिदैछ । घटको विषयमा थप अनुसन्धान सुरू गरिएको प्रहरी निरीक्षक शाहले बताए । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा आश्विन ३, २०८१संविधान दिवसको भाषणमा पनि बालेनविरुद्ध ओली कटाक्ष: ‘…आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला’
-
ताजा आश्विन ३, २०८१वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि
-
ताजा आश्विन ३, २०८१नौं वर्षपछि खुलेको धरहरा चढ्न सर्वसाधारणको भिड
-
ताजा आश्विन ३, २०८१राउटे समुदायका एक युवकको मृत्यु, जनसंख्या १३४ मा झर्यो
-
ताजा आश्विन ३, २०८१सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो , चाँदी पनि सस्तियो
Comments