
महोत्तरीका विद्यार्थीले २४ माघदेखि मेडर्ना खोप पाउने
- माघ १९, २०७८ मा प्रकाशित
महोत्तरीः महोत्तरीका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी २४ माघदेखि मेर्डर्ना खोप लगाइने भएको छ । जिल्लामा ७४ हजार मात्रा खोप आइसके पनि तयारी पूरा नभएका कारण २४ माघदेखि खोप लगाइने निर्णय भएको स्वास्थ्य कार्यालयका प्रवक्ता लक्ष्मेश्वर झाले जानकारी दिए ।
२४ देखि २८ माघसम्म जलेश्वर, लोहारपट्टी, मनरासिस्वा, मट्टीहानी, बल्वा, पिपरा, महोत्तरी र एकडाराका विद्यालयमा खोप लगाउने निर्णय भएको छ भने बर्दिवास, भंगाहा, गौशाला, सम्सी, रामगोपालपुर, औरही र सोनामामा २ देखि ६ फागुनसम्म लगाइने जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । तर, संघीय सरकारले देशैभरका विध्यार्थीलाई खोप लगाउन १५ देखि २० माघसम्म विद्यालय खोल्ने निर्णय गरेको थियो ।
यसैगरी विदेश जानेहरूलाई लक्षित गरेर स्वास्थ्य कार्यालय महोत्तरीले जोनसन खोप दिने निर्णय गरेको छ । पासपोर्टका आधारमा जिल्लाका सबै पालिकाका १८ बर्षभन्दा माथिकालाई जोनसनको खोप दिने निर्णय गरेको कार्यालय प्रमुख भोला यादवले जानकारी दिए । जिल्लाका सबै पालिकामा १० देखि १४ फागुनसम्म खोप लगाउने निर्णय पन िभएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments