
दमक पुगेर मुख्यमन्त्री कार्कीले भने – सरकार ढल्छ र खाउँला भनेर पासो थापेर बसेका छन्
- चैत्र २९, २०८१ मा प्रकाशित

इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लोकतान्त्रिक भनिएका गणतन्त्रवादी केही दलहरू सत्ताबाट बाहिरिने बित्तिकै राजतन्त्रवादीहरूसँग समेत मिलेर धमिलो पानीमा माछा मार्न खोजेको आरोप लगाएका छन् ।
झापाको दमकमा आज (शनिबार) आयोजित नेकपा एमालेको जागरणसभालाई सम्बोधन गर्दै कार्कीले सरकारबाट बाहिरिने बित्तिकै बाहिर सरकार जान्न भन्ने तर भित्र–भित्रै धमिलो पानीमा खेल्ने काम गरेको दाबी गरे । ‘उनीहरू अहिले सरकार ढल्छ र खाउँला भनेर पासो थापेर बसेका छन्’, उनले भने, ‘जतिसुकै शक्तिकेन्द्र धाए पनि यो सरकार अहिले ढल्दैन, २०८४ सालसम्म यही सरकार टिकिराख्छ । यो एमाले र काँग्रेसका बिचमा भएको सहमति हो ।’
जन निर्वाचित संविधानसभाको माध्यमाबाट संघीय लोकतान्त्रिक गणतन्त्र प्रणाली स्थापितभएको भन्दै उनले भने, ‘शान्तिपूर्ण गतिविधिमा कुनै आपत्ति छैन् । राजा ल्याउने नाममा तोडफोड गर्ने, व्यक्ति हत्या गर्ने, अवाञ्छित गतिविधि गर्नेहरू सक्रिय भएका छन् ।’ केही शक्ति र व्यक्तिहरू आफ्नो जनधार बढाउने नाममा विकास निर्माण भएको ढिलासुस्तीलाई लिएर अहिले राजाको नारा लगाइरहेको बताए । कुतसित मनसाय बोकेको राजतन्त्र फर्काउने खालका गतिविधि रोक्नकालागि जागरणसभा गरिएको उनले बताए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments